
मुग्लिन : नेकपा एमाले इच्छाकामना ५ को दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ । उक्त अधिवेशनले तारा गुरुङको अध्यक्षतामा ३९ सदस्यीय नयाँ वडाकमिटि गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा सानुबाबु थापा, सचिवमा ज्ञान बहादुर सुनारी मगर, उपसचिवमा सीता त्रिपाठी र तब्बिर गुरुङलाई सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनको समुद्घाटन कार्यक्रममा वडाकमिटि अध्यक्ष टिएन श्रेष्ठ सभापति रहनुभएको थियो भने नेकपा एमालेको पोलिटव्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं चितवन क्षेत्र नं। २ इन्चार्ज कृष्णभक्त पोखरेल, एमाले बागमती प्रदेश कमिटि सदस्य एवं बागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारी, इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।