कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा खुल्ला नकआउट नाइन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । ब्वाईज क्लब कुरिनटारको आयोजनामा सर्वशान्ति मावि खेलकुद मैदान कुरिनटारमा असोज १० गतेदेखि १६ गते सम्म ‘प्रथम कुरिनटार कप २०८१ ’(खुल्ला नकटाउन नाइन ए साईड फुटबल प्रतियोगिता) हुने भएको हो ।
प्रतियोगिताका विजेताले रु १ लाख ११ हजार १० १ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । उपविजेताले भने रु ५५ हजार ५०१ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यसैबिच विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।सर्वोत्कृष्ट खेलाडीलाई रु ३ हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ ।यसैबिच उत्कृष्ट गोलकर्ता, मिड फिल्डर,डिफेन्डर, स्ट्राइकर र गोलरक्षकले रु २ हजार ५०० नगदसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको छ ।
इन्ट्री फि रु. ८ हजार ५०० रहेको छ ।
प्रतियोगिताके बारेमा थप जानकारीका लागि क्लबका अध्यक्ष डुपेन्द्र गुरुङ : मोवाइल नम्बर ९८२३७२१२१८
जीवन रोका : मोवाइल नम्बर ९७०८९८१५३१