Banner News

जीप दुर्घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्षसहित तीन जनाको मृत्यु

जीप दुर्घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्षसहित तीन जनाको मृत्यु
बाग्लुङ :  सवारी दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना भएको हो । मृत्यु भएका अन्य दुई जनाको अहिलेसम्म सनाखत हुन नसकेको बताइएको छ । मृतक महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको छ । सो दुर्घटनामा एक पुरुष घाइते भएका छन् । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।

गण्डकी गाउँपालिकाले सहुलियत पसल सञ्चालन गर्ने

गण्डकी गाउँपालिकाले सहुलियत पसल सञ्चालन गर्ने
गोरखा :  गण्डकी गाउँपालिकाले पालिका वासीको हितलाई ध्यानमा राखी सहुलियत पसल सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले पहिलो पटक चाडपर्व लक्षित सहुलियत खाद्यान्न पसल सञ्चालन गर्ने भएको हो ।फुलपातीबाट सहुलियत पसल सञ्चालन गरिने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले जानकारी दिनुभयो ।उहाँका अनुसार एक परिवारले सहुलियत खाद्यान्न पसलबाट २ बोरा चामल, ५ किलो दाल,  ४ लिटर तेल र ४ किलो नुन सहुलियतमा प्राप्त गर्ने छ । सबै वडामा सहुलियत पसल सञ्चालन गरिने उहाँले बताउनुभयो ।उहाँले भन्...

चितवनमा आफैले बोकेको भरुवा बन्दुक पड्किदाँ एक युवक घाइते

चितवनमा  आफैले बोकेको भरुवा बन्दुक पड्किदाँ एक युवक घाइते
चितवन :  भरुवा बन्दुक पड्केर एक युवक घाइते भएका  छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  भरतपुर २९ किपटमा  बुधबार साँझ ५ बजेको समयामा मास लगायतको खेतमा बाँदर धपाउने क्रममा चिप्लेर लड्दा  आफैले बोकेको बन्दुक पड्की छर्राले लागेर  भरतपुर २९ किपटका २३ बर्षिया पासाङ भुजेल घाइते भएका हुन् । घाइते गुरुङको  शरिरको विभिन्न भागमा छर्रा  लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक लक्ष्मण केसीले  बताउनुभयो । घाइते गुरुङको अहिले नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।...

नारायणगढ–मुग्लिन सडकमा ट्रक र बलेरो ठोक्किदाँ एक जना घाइते

नारायणगढ–मुग्लिन सडकमा ट्रक र बलेरो ठोक्किदाँ एक जना घाइते
 चितवन :  नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र बलेरो  एकापसमा ठक्कर खाँदा  एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  नारायणगढदेखि मुलिनतर्फ जाँदै गरेको लु १ ख ९५५३ नम्बरको को ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ च ५१०६ नम्बरको  बलेरो भरतपुर महानगरपालिका २९ स्थित सत्र किलोमा एकापसमा ठक्कर खाँदा बलेरोमा सवार भरतपुर २९ का २३ बर्षिय सागर चेपाङ घाइते भएका हुन् । उनको अवस्था मध्यम रहेको र उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चि...

आँबुखैरेनीमा भएको छुट्टाछुट्टै दुई दुर्घटनामा एक जनाको मृत्यु ११ जना घाइते

आँबुखैरेनीमा भएको छुट्टाछुट्टै दुई  दुर्घटनामा एक जनाको मृत्यु ११ जना घाइते
आँबुखैरेनी  : तनहुँको  आँबुखैरेनीमा आज  दिउँसो दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु र ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मुग्लिनतर्फबाट डुम्रेतर्फ गइरहेको ग १ ख ९४०२ नंबरको यात्रुबाहक बस आँबुखैरेनी २ र ३ जोड्ने खहरेखोलाको पुलबाट खस्दा बसमा सवार १५ जना मध्य ११ जना घाइते भएका छन् । दुर्घटनाका घाइते यात्रुको स्थानीय आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । साथै आँबुखैरेनीकै नारीघाटमा बस र मोटरस...

सन्दीपलाई दियो आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले भिसा

सन्दीपलाई दियो आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले भिसा
काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ। उक्त टोलीमा सन्दीप पनि छन्। क्यानडामा लिग(२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ।

मनकामना केबलकार असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने

मनकामना केबलकार असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने
कुरिनटार :   नेपालको पहिलो केबलकार मनकामना केबलकार असोज १ गतेबाट पुन : नियमित सञ्चालनमा आउने भएको छ ।मनकमना दर्शन प्रा.लि.ले  डिजिटल  प्रणालीमा स्तरोन्नतिका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द  गरेको थियो । २६ बर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालन हुदैँ आएको  केबलकार  डिजिटल डि कनेक्ट सिस्टममा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।  अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका दक्ष  इन्जिनियर तथा प्राविधिकहरुबाट डिजिटल प्रणालीमा रुपान्तरण गर्...

मेलम्ची खानेपानीको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर, एघार जनालाई सफाइ

मेलम्ची खानेपानीको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर, एघार जनालाई सफाइ
काठमाडौँ :  विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ भने ११ जनालाई सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मेलम्ची आयोजनासम्बन्धीे भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर गरेको हो। अदालतले उक्त प्रकरणमा जोडिएका पूर्वसचिव भीम...

मौसम : तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

मौसम : तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाडौं  : मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, बा...

पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
धादिङ: पहिरो पन्छाइएसँगै काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा दुईतर्फी सवारी सञ्चालनमा आएको छ।धादिङको धुनिबेसी नगरपालिका–९ मा सोमबार साँझ लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको पृथ्वी राजमार्ग मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए। दुईवटा एक्सकाभेटर प्रयोग गरी बिहान ३ बजे पहिरो पन्छाएको उनले बताए। पहिरो पन्छाउन करिब पाँच घण्टा लागेको थियो। साँझ ६ बजेदेखि बाटो दुईतर्फी नै अवरूद्ध हुँदा धादिङ र काठमाडौं...