कुरिनटार,३० भदौ । सरकारले विद्युतिय सवारी साधनको प्रबर्द्धनको लागि विभिन्न प्रयास गरिरहेको छन्। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भन्दा ठूलो रकम भन्सार छुट देखि वार्षिक करमा समेत भारी छुट दिए पनि इलेक्ट्रीक गाडी चार्ज गर्न तथा थोरै रहेको चार्जिङ पोइन्टले मनपरी रेट लगाइदिदाँ इलेक्ट्रीक गाडी व्यावसायि भने हतोत्साहित हुँदै गैरहेका छन् ।
अहिले पृथ्वी राजमार्गमा गोरखा, चितवन लगायत स्थानबाट काठमाडौ जाने थुप्रै साना यात्रुबाहक इलेक्ट्रीक गाडी संचालनमा रहेका छन तर दिनहुुँ जस्तो त्यस्ता इलेक्ट्रीक गाडीका चालकले चार्जिङ गर्न झमेला झेल्नु पर्ने हुन्छ। पहिलो त चार्जिङ स्थान सिमित भैदिदाँ लामो समय कुर्नुपर्ने र त्यो माथी पनि सिमित चार्जिङ स्थान भएको मौका छोप्दै चार्जिङ व्यावसायिले मनपरी रेट लगाइदिदाँ गाडिनै चलाउनेकी नचलाउने भन्ने दोधारमा व्यावसायि पुगेका छन् ।
गोरखाका प्रवेश बानिया इलेक्ट्रीक गाडी चलाउछन् । उनी दैनिकजस्तो यात्रु बोकेर गोरखाबाट काठमाडाँै जान्छन तर उनले दिनहुुँ जस्तो चार्जिङ गर्न झमेला बेहोर्न पर्छ। गोरखाबाट काठमाडौँ अहिले १४ ओटा माइक्रो बस चल्छन् ती माइक्रो बसको चार्जिङ स्थान प्राय कुरिनटार स्थित दिगोको चार्जिङ पोइन्ट हुने गर्छ तर दिगोको चार्जिङ पोइन्टले मनपरी रेट लगाइदिदाँ चालकले दैनिक जस्तो झमेला बेहोर्न पर्छ। प्रवेश भन्छन्, “ (हामित गाउँ घरको मान्छे बोक्ने हो चार्जिङ पोइन्टमा भएको रेस्टुरेन्टले पानीको पनि ४० रुपैयाँ लिन्छ त्यसैले प्राय यात्रु पानी किन्न पनि त्यो रेस्टुरेन्ट छिर्न डराउछन्, यात्रु चार्जिङ पोइन्टमै रोक्दिदापनी पर पर सामान किन्न जान्छन्। यात्रु टाढा गैदिदाँ कहिलेकाही चार्ज पूरा हुदाँपनी यात्रु खोज्दै बजार चाहर्न पर्छ,त्यसैले मैले अलि पल्लो पटि यात्रुलाई सामान किन्न गाडी रोक्दिन्थे अहिले चार्जिङ पोइन्टले मेरो गाडीमा प्यासेन्जर हेरेर चार्जिङको रेट लगाउँछ” । सबै चार्जिङ पोइन्टले युनिटको १५ रुपैया लिन्छ तर लेवाटारको चार्जिङ पोइन्टले भने प्यासेन्जर गाडि भरी बोकेर आए युनिटको १५ रुपैयाँ र प्यासेन्जर कम भए २५ रुपैयाँ सम्म लिने गरेको उनले बताए । उनले भने,‘ त्यसरि त भएन नि उनिहरु चार्जिङ व्यावसायि हुन् गाडी खाली भए पनि भरी भएपनि चार्जिङमा हुने खर्च त एउटै होलानी कस्तो नियमहो त्यो ।’
इलेक्ट्रीक गाडी व्यावसायी एउटै गाडिको दुइ दिनको फरक फरक रेट लगाएको दुई बिल बोकेर आएपछि हामीले लेवाटार स्थित दिगोको चार्जिङ पोइन्टका प्रतिनिधीलाइ सम्पर्क गर्दा रेट कहिलेकाही लाइन जाने आउने गर्दा ्सिस्टमबाटै अलि अलि तलमाथी हुने बताए । तर गोरखाको गाडीले भने प्यासेन्जरलाई अन्यत्र रोकेर आउने र आफ्नो रेस्टुरेन्टमा व्यापार नहुने हुदाँ युनिटको १० रुपैयाँ थपेर युनिटको २५ रुपैया लिने गरेको अस्वभाविक जवाफ दिए।
यातायात व्यावसायि सगैँ आएका चार्जिङ पोइन्ट नजिकैका होटल व्यावसायि तथा इच्छाकामना गाउँपालिका युथ फोर्स अध्यक्ष दिपक सिलवालले चार्जिङ पोइन्टले यातायात व्यावसायिलाई दुख दिएको र दादागिरी गरेको भन्दै आफुहरुले त्यस्को विरुद्ध कानुनी उपचार र आवाज उठाउने बताए।
नेपाल भर प्राय निजि चार्जिङ पोइन्टले प्रति युनिट १५ रुपैयाँ र नेपाल विद्युत प्राधिकरणको चार्जिङ पोइन्टमा अझ सस्तोमा चार्ज गर्ने गरेका छन्।