
कुरिनटार : नेपालको पहिलो केबलकार मनकामना केबलकार आजदेखि पुन : नियमित सञ्चालनमा आउने भएको छ ।मनकमना दर्शन प्रा.लि.ले डिजिटल प्रणालीमा स्तरोन्नतिका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरेको थियो ।
२६ बर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालन हुदैँ आएको केबलकार डिजिटल डि कनेक्ट सिस्टममा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ। अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका दक्ष इन्जिनियर तथा प्राविधिकहरुको सुपरिवेक्षणमा डिजिटल प्रणालीमा रुपान्तरण गरिएको प्रा.लि.ले जनाएको छ ।