एमाले महाधिवेशन : सुखी नेपाली समृद्ध नेपालको थिममा चित्रकला प्रतियोगिता
चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएको छ । समृद्ध नेपाल सुखी नेपालीको थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ जना कलाकारले चित्र कोरेका छन् ।
होटलको २०० मिटर लामो पर्खालमा कलाकारहरुले चित्र कोरेका हुन् । नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला संघ र प्रगतिशील ललितकला संघको आयोजनामा चित्रकला आयोजना गरिएको हो ।...









