चितवनः नेपाली काँग्रेसका युवा नेता राजेन्द्र डोटेलले जिल्ला उपसभापतिमा पदमा उम्मेदवार घोषणा गर्नु भएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
नेपाल बिद्यार्थी संघको राजनितिबाट आँफुलाई काग्रेसको राजनितिमा ल्याउनु भएका डोटेल नेबिसंघ चितवनको उपाध्यक्ष, रामपुर क्याम्पसका इकाई अध्यक्ष जस्तो पदमा रहेर काम गरि सक्नु भएको हो । आँफु युवा वर्गको नेतृत्व गर्दै उम्मेदवारी दिन लागेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “मैले नेविसंघको सदस्यता दिएका २० प्रतिशत क्षेत्रीय प्रतिनिधि आएका छन् । उनीहरुको नेतृत्व गर्दै मेरो उम्मेदवारी हो ।” २०५४ सालामा नारायणी बिद्या मन्दीरबाट राजनैतिक यात्रा सुरु गर्नु भएका डोटेल, २०५७ सालमा नेबिसंघ सदस्य अमृत साईन्स क्याम्पस जस्ता पदमा रहेर काम गर्नुभएको डोटेलले नेपाली काँग्रेसका जनवर्गीय संगठनहरुलाई चलायमान वनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको भयो ।

भरतपुर महानगरपालिका वडा नम्बर १५ का वडा सभापति ज्योति कडेलको बिशेष उपस्थितिमागरिएको पत्रकार सम्मेलनमा उहाँले अहिलेको अबस्थामा बाँदरझुलका काँग्रेसलाई घाउ लाग्दा लोथरको काँग्रेसलाई दुःख्ने गरि काम गर्नु जरुरी रहेकोब ताउनुभयो ।