चितवन : इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ नेपाली कांग्रेस १४औं महाधिवेशनको प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न क्षेत्रिय अधिवेशनबाट ४५७ मत प्राप्त गर्दै महाधिवेशनको प्रतिनिधिमा चयन हुनुभएको हो । यसैबिच क्षेत्र नम्बर २ बाट खुल्लातर्फ कांग्रेस चितवनका सचिव उत्तम जोशी सर्वाधिक मतका साथ विजयी हुनुभएको छ । ६५१ मतका साथ पहिलो स्थानमा रहँदै जोशी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । यस्तै जिल्ला सभापति जीतनारायण श्रेष्ठ ५४२ मतका साथ दोस्रो स्थानमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यस्तै महाधिवेशन प्रतिनिधिमा टंकनाथ पौडेल (४९८), राजेश्वर खनाल (४६४), केशव महर्जन (४०५), मिलनबाबु श्रेष्ठ (४०२), राजकुमार राजभण्डारी (३७८), देवेन्द्र गुरुङ (३७४), इश्वरीराज लौडारी (३४९) र प्रकाश अधिकारी (३४१) निर्वाचित भएका छन् । खुल्लातर्फ १० जनाका लागि ३२ जनाको उम्मेद्वारी परेको थियो ।

यस्तै महिलातर्फ (४८२)मतका साथ महिला अधिकारकर्मी मीना खरेल, विनुरायमाझी पौडेल (४७६), गीताकुमारी गुरुङ (४५७) र निरु कार्की (३६८) मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महिलातर्फ ४ जनाका लागि ११ जनाको उम्मेद्वारी परेको थियो ।