कुरिनटार : यस बर्ष चितवनको इच्छाकामना गाउँपालिका ५ मा रहेको इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला नलाग्ने भएको छ ।परापुर्वकालदेखिनै हरेक बर्ष ठूलो पञ्चमीको अवसरमा इच्छाकामना मन्दिर परिसरमा लाग्दै आएको पञ्चमी मेला यस बर्ष नहुने तर नियमित पुजाआजा भने हुने भएको हो ।

मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले अघिल्लो रातभर सांस्कृति मेला नलाग्ने तर मंसिर ८ गते बिहान भने नियमित पुजा आजा हुने बताउनुभयो । उहाँका अनुसार अघिल्लो रातभर मेला नलागेपनि बिहान पञ्चवली फुलको डोली सहित पुजाआजा भने हुनेछ ।

इच्छाकामना ५ मा रहेको उक्त मन्दिरमा हरेक बर्ष ठूलो पञ्चमीको अवसरमा बृहद् सांस्कृतिक कार्यक्रमसहित मेला लाग्दै आएको थियो । गत बर्ष मेलाको अवसरमा गाउँपालिकाले पालिकाभर सार्वजनिक विदा समेत दिएका थिए ।