
कुरिनटार, ७ मंसिर । चितवनको इच्छाकामनाका एक बृद्ध दम्पतीले विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । टोम प्रसाद सिलवाल उहाँका पत्नी तारादेबी सिलवालले चितवनको इच्छाकामना ४ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय लामीडाँडामा एक लाख ५० हजार को अक्षय कोष स्थापना गर्नुभएको हो । उहाँहरुले नेपाल सरकारबाट प्राप्त वृद्धा भत्ता जम्मा गरेर अक्षय कोष स्थापना गरिएको तारादेबी सिलवालले बताउनुभयो ।
गाउँका विपन्न बालबालिकाहरुको शिक्षामा सहयोग पु¥याउने उदेश्यले विद्यालयमा अक्षय कोष स्थापना गरिएको उहाँले बताउनुभयो ।
नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबिच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण थापा मगर र प्रधानाध्यापक देव बहादुर मगरलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।
कार्यक्रम विद्यालयका शिक्षक भम रानामगरले संचालन गर्नुभएको थियो ।