
कुरिनटार : ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ । यसैबिच चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको शाखाले पनि वित्तिय साक्षरता डिजिटल बैँकिङ्ग सम्बन्धि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । इच्छाकामना ३
स्थानीय तह सम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने अभियान सञ्चालन गरिहेको बैँकका चिफ मार्केटिङ्ग अफिसर शान्ता सिवाकोटीले बताउनुभयो ।
आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरुलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरुको बारेमा सर्वसाधारण समक्ष जानकारी पुर्याउनु जरुरी रहेको सिवाकोटीले बताउनुभयो ।
बैँकका चिफ मार्केटिङ्ग अफिसर शान्ता सिवाकोटी, हेड ट्रान्ज्याक्सन बैँकिङ्ग प्रकाश पौडेल र डिपुटी प्रोभिन्स हेड बागमतीका विदुर ज्ञवाली लगायतले सो सम्बन्धि जानकारी गराएका थिए ।
कार्यक्रम कुरिनटार शाखाका ब्रान्च म्यानेजर रामहरी भण्डारीले सञ्चालन गर्नुभएको थियो ।