Banner News

नेकपा एमाले महाधिवेशन : ६ हजार प्रतिनिधिले बनाएको विधान ६ महिना नपुग्दै संशोधन

नेकपा  एमाले महाधिवेशन :  ६ हजार प्रतिनिधिले बनाएको विधान ६ महिना नपुग्दै संशोधन
चितवन: नेकपा एमालेले करिव ६ हजार बढी प्रतिनिधि भेला गरेर बनाएको विधान २ महिना नपुग्दै संशोधन गरेको छ । मध्यराती बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनले बनाएको विधानलाई संशोधन गरेको हो । पार्टीमा पदको आकाँक्षि बढी भएपछि भाग नपुगेका कारण विधान संशोधन गरेर विधान महाधिवेशनले तोकोको पद संख्यालाई भारी संख्यामा थप गरिएको छ । शुक्रबारबाट चितवनमा सुरुभएको महाधिवेशनको बन्दसत्र सुरु हुनुपूर्व मध्यराती बसेको केन्द्रीय कमिटी बैठकले सांगठनिक संरचना यथावत रहनेगरि केही संख्या थप ग...

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु : उद्घाटनमा लाखौँ सहभागी

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु :  उद्घाटनमा लाखौँ सहभागी
चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन भव्य समारोहकाबीच नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । देशभरका ७७ जिल्ला, ७५३ पालिका र ६ हजार ७४३ वटै वडाबाट आएका लाखौँ जनता, स्वेदशी तथा विदेशी पाहुनाहरुका बीचमा एमाले अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गर्नुभएको हो । महाधिवेशन उद्घाटन हुनुपूर्व नवलपुर र चितवनका विभिन्न स्थानबाट जनप्रदर्शन गरिएको थियो । उद्घाटन अगाडि आयोजित ¥यालीमा एमाले र केपी ओलीको पक्षमा नारास...

मनकामना मन्दिरमा पर्व पूजा गर्न आएका पुजारीको मृत्यु

मनकामना मन्दिरमा पर्व पूजा गर्न आएका पुजारीको मृत्यु
गोरखा : मनकामनामा हुने पर्व पूजाका लागी आएका १ जना पूजारीको हृदयघातबाट ज्यान गएको छ । काठमाण्डौं महानगरपालिका ४ बल्खुका गुर्जु (पूजारी) रत्नराज बज्राचार्यको बिहीबार राती मनकामनामा हृदयघातका कारण ज्यान गएको हो ।मनकामनामा बर्षेनी २ पटक पर्व पूजा हुने गर्दछ । सोही पर्व पूजाका लागी गुठी संस्थानबाट खटी आएका बज्राचार्यको हिजो राती अकास्मत हृदयघात हुदाँ ज्यान गएको स्थानिय ले बताएका छन् । बज्राचार्यको बिहीबार राती १० : ०० बजे ज्यान गएको हो । मनकामनाको एक होटलमा बास बसेका उनीलाई ...

नेकपा एमाले महाधिवेशन : आज उद्घाटन हुँदै

नेकपा एमाले महाधिवेशन  : आज उद्घाटन हुँदै
चितवन : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ ।उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा ९एमाले०ले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् । महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशब...

एमाले १० औँ महाधिवेशन : स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

एमाले  १० औँ महाधिवेशन :  स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश
चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो । एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताउनुभयो ...

नेकपा एमाले दशौँ महाधिवेशन : सबै तयारी पूरा

नेकपा एमाले दशौँ महाधिवेशन : सबै तयारी पूरा
चितवन,९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ । जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माण सहित आवास व्यवस्थापनको सबै काम पूरा भएको हो । मङ्सिर १० उद्घाटन हुने महाधिवेशन स्थलमा मञ्च निर्माण, सेल्फ...

एमालेको दशौँ महाधिवेशनमा अनेमसंघले लैँगिक हिंसाको निगरानी गर्ने

एमालेको दशौँ महाधिवेशनमा अनेमसंघले लैँगिक हिंसाको निगरानी गर्ने
चितवन,९ मङ्सिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने पार्टीका नेता तथा कार्यकर्ताहरुमा लैंगिक संवेदनशीलता प्रस्तुत गर्न नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)ले अनुरोध गरेको छ । संघले महाधिवेशनमा ठूलो संख्यामा मानिसहरुको सहभागिता हुने भएकाले महिलाहरुमाथि कुनै पनि खालको दुव्र्यवहारका साथै लैंगिक हिंसाका घटना हुन नदिनको लागि संयमता अपनाउन अपिल गरेको हो । संघको प्रचार विभाग प्रमुख शर्मिला कार्कीले नारायणी नदी किनारमा हुने १०औँ महाधिवेशनको उद्घ...

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघद्वारा एमाले महाधिवेशनमा आउने प्रतिनिधि तथा पाहुनाहरुलाई छुट दिन व्यवसायीहरुलाई आग्रह

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघद्वारा एमाले महाधिवेशनमा आउने प्रतिनिधि तथा पाहुनाहरुलाई छुट दिन व्यवसायीहरुलाई आग्रह
चितवन : नेकपा एमालेको १० औँ महाधिवेशनका प्रतिनिधि तथा पाहुनाहरुलाई होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनले विशेष छुटको व्यवस्था गर्ने भएको छ । खाना बस्नका लागि उचित छुटको व्यवस्था गर्ने भएका हुन् । संघका महासचिव प्रकाश त्रिपाठीका अनुुसार महाधिवेशन अवधीभर प्रतिनिधि, पर्यवेक्षक लगायत अन्य सहभागीहरुलाई उचित व्यवस्थाको छुट गरिएको हो । पोखरा बसपार्क क्षेत्रका होटलहरु, पारस बसपार्क, कमल नगर,टाँडी पर्सास, क्यान्सर अस्पताल,नारायणगढ बजार, रामनगर, मुग्लिन र रमाईलो डाडाँ लगायतका क्षेत...

एमाले महाधिवेशन : अध्यक्ष ओली आज चितवन आउँदै

एमाले महाधिवेशन  : अध्यक्ष ओली आज चितवन आउँदै
चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन आउँदैहुनुहुन्छ । पार्टीको १०औं महाधिवेशन उद्घााटनका लागि ओली आज विहान चितवन आउन लाग्नुभएको हो अध्यक्ष ओली विहान ११ बजे चितवन पुग्ने कार्यक्रम रहेको छ । एमालेको महाधिवेशन भोलिदेखि तीन दिनसम्म चितवनमा हुँदैछ । नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन सत्र हुँदैछ भने बन्द सौराहामा हुँदैछ । उद्घाटन सत्रमा एमालेले ५ लाख कार्यकर्ता उतार्ने लक्ष्य लिएको छ ।

बोलेरोको ठक्करबाट चितवनमा एकको मृत्यु

बोलेरोको ठक्करबाट चितवनमा  एकको मृत्यु
चितवन : बोलेरोको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ च १३७५ नम्बरको बोलेरोको ठक्करबाट मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ४४ वर्षीय रघुनाथ श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर २ मा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बोलेरोले बेलुका ७ः४५ बजे पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बोलेरो प्रहरीको नियन्त्रणमा रह...