Banner News

गठबन्धनका उम्मेद्वारहरु भन्छन् -अधुरा काम पुरा गर्न र इच्छाकामनाको समग्र विकासका लागि भोट

गठबन्धनका उम्मेद्वारहरु  भन्छन् -अधुरा काम पुरा गर्न र इच्छाकामनाको समग्र विकासका  लागि  भोट
इच्छाकामना :   स्थानिय चुनाव २०७९ नजिकिँदै गर्दा इच्छाकामना गाउँपालिकामा पाँचदलिय गठबन्धनका साझा उम्मेदवारहरुको चुवानी घरदैलो कार्यक्रम यतिबेला तिब्र हुँदै गईराखेको छ । चितवनको एकमात्र गाउँपालिका रहेको इच्छाकामना गाउँपालिकामा पाँचदलिय गठबन्धन अन्र्तगत नेपाली काँग्रेसका तर्फबाट निवर्तमान अध्यक्ष गिता कुमारी गुरुङ अध्यक्षमा र माओवादी केन्द्रका तर्फबाट प्रताप गरुङ उपाध्यक्षको उम्मेदवार रहेका छन् । साथै पालिकाका विभिन्न वडाहरुमा गठवन्धन अन्र्तगतकै उम्मेदवारी रहेकोे छ । चुनावी ...

आज तराई भू–भागका केही स्थानमा वर्षा, देशभर आंशिकदेखि सामान्य बदली

आज तराई भू–भागका केही स्थानमा वर्षा, देशभर आंशिकदेखि सामान्य बदली
काठमाडौं : प्रदेश–१ को तराई भू–भागका केही स्थानमा आइतवारबिहानैबाट वर्षा भएको छ ।आइतवार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक दुइतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक दुइतर्फी सञ्चालन
चितवन :  पहिरोका कारण अवरुद्ध नारायणगढ -मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । हिजो शनिबार साँझ ७ : ४५ बजे चितवनको इच्छाकामना ६ कालिखोला स्थित तोपेखोलामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेका थिए । विहान ६ :  ०४ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । विहान ४ बजे सञ्चालनमा आएको सडक पुन पहिरो खसेपछि अवरुद्ध बनेका थिए ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण  नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन  : नारायणगढ – मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज साँझ ७ः३० बजे इच्छाकामना गाँउपालिका ६ स्थित टोपेखोलमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दुरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात संचालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव जस्तै छ । पहिरो हटाउन सुरु भएको प्रहरीले जनाएको छ ।

चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु

चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु
नारायण अधिकारी चितवन :  पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो ।खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । परीक्षणमा बर्डफ्लु प्रमाणित भएपछि कुखुरा नष्ट गर्न थालिएको छ । फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फु...

वडाध्यक्षको पारिश्रमिक लिन्न बिपन्न किसानका लागि खर्च गर्छु : वडाध्यक्ष उम्मेद्वार नेपाल

वडाध्यक्षको पारिश्रमिक लिन्न बिपन्न किसानका लागि खर्च गर्छु : वडाध्यक्ष उम्मेद्वार नेपाल
इच्छाकामना :  चितवनको इच्छाकामनामा पनि यतिबेला स्थानिय निर्वाचनको सगर्मी बढीरहेको छ । उम्मेद्वारहरु घरदैलो कार्यक्रममा व्यवस्त छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका तर्फबाट इच्छाकामना गाउँपालिका वडा नं. ३ का अध्यक्षका उम्मेदवार नरबहादुर नेपाल पनि घरदैलो अभियानमा व्यवस्त हुनुहुन्छ । एमालेका गाउँकमिटी उपाध्यक्ष समेत रहेका नेपालले आफू वडा अध्यक्षमा निर्वाचित भएपछि पाउने पारिश्रमिक नलिने घोषणा समेत गर्नुभएको छ । आफूले पाउने पारिश्रमिक नलिने र सो रकम बिपन्न किसानको हितम...

गठबन्धनको घरदैलो मुग्लिनमा (फोटो फिचर)

गठबन्धनको घरदैलो मुग्लिनमा (फोटो फिचर)
मुग्लिन :  चितवनको इच्छाकामना गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीब्र पारेका छन् । जस अन्तरगत आज वडा नम्बर ५ मुग्लिन बजारमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । अध्यक्षका उम्मेद्वार कांग्रेसका गीता कुमारी गुरुङ र नेकपा माओवादी केन्द्रका प्रताप गुरुङ सहित वडा नम्बर ५ का वडाध्यक्ष उम्मेदकार्यक्रम अभियान गरेका हुन् । अभियानका क्रममा बृद्धबृद्धाहरुले जितका लागि शुभकामनासहित आशिर्वाद  दिएका थिए । अध्यक्ष गीता कुमारी गुरुङले आफुले पाँच बर्षमा उल्लेख्य जन...

विकास निर्माण र अग्रगमनको पक्षमा पेशाकर्मी बुद्धिजीवीहरु

विकास निर्माण र अग्रगमनको पक्षमा पेशाकर्मी बुद्धिजीवीहरु
भरतपुर, २३ बैशाख । चितवनका पेशाकर्मी बुद्धिजीवीहरुले भरतपुर महानगरको बिकाससँगै संविधानको संरक्षणमा चिन्ता व्यक्त गरेका छन् । भरतपुर महानगरपलिकाका विभिन्न चोक चोकमा पुगेर शुक्रबार अनौपचारिक कार्यक्रममार्फत् पेशाकर्मी एवं बुद्धिजीवीहरुले त्यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनीहरुले विकास र समृद्धिको पक्षमा मतदान गर्न, संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन अनुरोध गरेका छन्। कोणसभाको रुपमा गरिएको उक्त कार्यक्रममा बोल्दै कृषि तथा वन विज्ञान विश्ववि...

राप्रपा निकट मजदुर संघठनका जिल्ला उपाध्यक्षसहित ६० जनाभन्दा बढी युवा माओवादीमा प्रवेश

राप्रपा निकट मजदुर संघठनका जिल्ला उपाध्यक्षसहित ६० जनाभन्दा बढी युवा माओवादीमा प्रवेश
भरतपुर २३ गते । राप्रपा निकट मजदुर संघठनका जिल्ला उपाध्यक्ष तुलबहादुर घर्तीसहित ६० जना भन्दा बढी युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। उनीहरुलाई एक अनौपचारिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खादा र अविर लगाएर पार्टीमा प्रवेश गराउनु भएको हो। पार्टी प्रवेश पछि युवाहरुलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले देशको परिवर्तनका संबाहक युवा भएको बताउनु भयो। उहाँले नव प्रवेशी युवाहरुलाई यतिवेला सबैभन्दा महत्वपूर्ण विषय स्थानीय तहको निर्वाचन भएकाले आफ्नो ...

इच्छाकामना ३ मा शरद पोखरेलको घरदैलो अभियान तीब्र,यस्ता छन् प्रतिवद्धताहरु

इच्छाकामना ३ मा शरद पोखरेलको घरदैलो अभियान तीब्र,यस्ता छन् प्रतिवद्धताहरु
इच्छाकामना :  सत्ता गठबन्धनबाट चितवनको इच्छाकामना गाउँपालिका ३ का वडाध्यक्ष उम्मेद्वार बन्नुभएका नेकपा माओवादी केन्द्रका युवा नेता इच्छाकामना गाउँ कमिटीका सह–सचिव शरद पोखरेलले घरदैलो अभियानलाई तीब्र पार्नुभएको छ । सफल यूवा व्यवासयी समेत रहेका पोखरेल जनताको अमुल्य मत खेर नफाल्ने प्रतिबद्धता जनाउनुभयो । सधैभर सत्यको बाटो हिड्ने र जनताको सेवा गर्ने बताउदैँ पोखरेलले जनतालाई झुटो आश्वासन नबाडेको बताउनुभयो । वयोवृद्ध बा आमाहरूलाई प्रत्येक महिना निशुल्क स्वास्थ्य परिक्षण , स्...