इच्छाकामना :  चितवनको इच्छाकामनामा पनि यतिबेला स्थानिय निर्वाचनको सगर्मी बढीरहेको छ । उम्मेद्वारहरु घरदैलो कार्यक्रममा व्यवस्त छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका तर्फबाट इच्छाकामना गाउँपालिका वडा नं. ३ का अध्यक्षका उम्मेदवार नरबहादुर नेपाल पनि घरदैलो अभियानमा व्यवस्त हुनुहुन्छ ।
एमालेका गाउँकमिटी उपाध्यक्ष समेत रहेका नेपालले आफू वडा अध्यक्षमा निर्वाचित भएपछि पाउने पारिश्रमिक नलिने घोषणा समेत गर्नुभएको छ ।
आफूले पाउने पारिश्रमिक नलिने र सो रकम बिपन्न किसानको हितमा खर्च गर्ने उहाँको योजना छ ।
इच्छाकामना गाउँपालिका क्षेत्रका अधिकांश बासिन्दाहरु कृषि पेशामा संलग्न रहेको भन्दै नेपालले वडाको समग्र विकास र कृषि क्षेत्रको प्रवद्र्धन आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो ।
एक घर एक धारा, सडकबाट स्तरोन्नती, कृषि अनुदान,नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने लगायतका उहाँको प्रतिवद्धता छन् । विशेष गरि टोलविकासलाई विकास निर्माण तथा योजना छनौटका लागि अधिकार सम्पन्न गराइने, स्थानिय आवश्यकता र चाहना बमोजिम वजेट विनियोजन गरि काम गर्ने उहाँले बताउनुभयो ।
नेकपा एमालेको वडादेखि नेतृत्व गर्दै आएका नेपाल हाल नेकपा एमाले इच्छाकामना गाउँपालिकाको पार्टी उपाध्यक्ष समेत हुनुहुन्छ । विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका नेपाल दारेचोक साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष, जिल्ला कृषि सहकारी संघका अध्यक्ष तथा सर्व शान्ति क्याम्पसको उपाध्यक्ष हुनुहुन्छ ।

उद्योग संघ इकाई समिति, इच्छाकामनाका सचिव एवं चितवन उद्योग संघका जिल्ला सदस्य समेत रही सामाजिक कार्यमा संलग्न भई रहनुभएको छ भने
यस अघि विभिन्न युवा क्लब , समूह अध्यक्ष भइ विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आउनुभएका नेपाल यस पटक चुनाव जित्नेमा आफु ढुक्क रहेको बताउनुहुन्छ ।
वडा नम्बर ३ मा सत्ता गठबन्धनबाट शरद पोखरेल उहाँको प्रतिष्पर्धी हुनुहुन्छ ।