Banner News

रेनु दाहाललाई एक ढिक्का भएर जिताउँछौं : जीतनारायण

रेनु दाहाललाई एक ढिक्का भएर जिताउँछौं :  जीतनारायण
चितवन :  नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका नदिन आग्रह गरेका छन् ।पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभामा उनले प्रचण्डलाई विगतमा जस्तो धोका नदिन आग्रह गरेका हुन् । ‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,’ उनले भने, ‘जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’उनले गठबन्धनका उ...

चितवनमा पाँच दलीय सत्ता गठबन्धनको चुनावी सभा आज, शीर्ष नेताले सम्बोधन गर्ने

चितवनमा पाँच दलीय सत्ता गठबन्धनको चुनावी सभा आज,  शीर्ष नेताले सम्बोधन गर्ने
चितवन   : पाँच दलीय सत्ता गठबन्धनले बिहीबार चितवनमा चुनावी सभाको आयोजना गर्दैछ ।  आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पाँच दलीय गठबन्धनले विहीबार भरतपुरस्थित हाकिम चोकमा सभा गर्न लागेको हो । उक्त सभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा,...

इच्छाकामना गाउँपालिकाको उपाध्यक्षमा प्रताप गुरुङको उम्मेद्वारी किन ?

इच्छाकामना  गाउँपालिकाको  उपाध्यक्षमा   प्रताप गुरुङको   उम्मेद्वारी   किन  ?
इच्छाकामना :  चितवनको इच्छाकामना ३ फिस्लिङका स्थायी वासिन्दा माओवादी केन्द्रका युवा नेता प्रताप गुरुङ मौसमले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामना गाउँपालिकामा पाँच दलिय गठबन्धनबाट उपाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी गुरुङले गठबन्धनका कारण कांग्रेसलाई अध्यक्ष परेपछि यस पटक भने उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको हो । अध्यक्षको उम्मेद्वार बनीसकेको तपाई अहिले उपाध्यक्षमा किन भन्ने प्रश्नको ज...

कार्यकर्ताहरुद्वारा रत्ननगरमा कांग्रेसको पार्टी वडा कार्यालय तोडफोड

कार्यकर्ताहरुद्वारा रत्ननगरमा कांग्रेसको  पार्टी  वडा कार्यालय तोडफोड
चितवन – :  वडाध्यक्षको टिकट नपाएको भन्दै कांग्रेस चितवनको रत्ननगरमा कार्यकर्ताले पार्टी वडा कार्यालयमा तोडफोड गरेका छन् । कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट माओवादी केन्द्रलाई दिईएपछि कांग्रेस कार्यकर्ताहरुले पार्टीको वडा कार्यालय तोडफोड गरेर तालाबन्दी गरेका हुन् । कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरी कार्यालयमा रहेका कुर्सी(टेबल तथा पार्टीको झण्डा सडकमा फ्याँकेका छन्। कांग्रेसले नगर सचिवसमेत रहेकी अर्याल वडाध्यक्षको...

इच्छाकामना मन्दिरको दर्शन गर्दै नेता पौडेलले भन्नुभयो, सत्ताका लागि होइन व्यवस्था बचाउन गठबन्धन

इच्छाकामना मन्दिरको दर्शन गर्दै  नेता पौडेलले भन्नुभयो, सत्ताका लागि होइन  व्यवस्था  बचाउन  गठबन्धन
इच्छाकामना :  नेपाली कांग्रेसका नेता राम चन्द्र पौडेलले सत्ता भन्दा पनि  संविधान र व्यवस्था बचाउन पाँच दलिय गठबन्धन बनेको दाबी गर्नुभएको छ । चितवनको इच्छाकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल इच्छाकामना मन्दिरको दर्शन गर्न इच्छाकामना आउनुभएका नेता पौडेलले यस्तो बताउनुभएको हो । नेता पौडेलले भन्नुभयो,“नेपालमा लोकतन्त्रको जगलाई बलियो बनाउनुछ,नेपालमा राजनिति स्थिरता ल्याउनु छ,नेपालमा सुशान ल्याउनुछ , नेपालमा विकासलाई अगाडी बढाउनुपर्नेछ र सामाजिक न्याय कायम गर्नुछ , यो सिद्धान्त ...

कांग्रेस र एमालेबीच झडप, ६ जना घाइते

कांग्रेस र एमालेबीच झडप, ६ जना घाइते
गैंडाकोट :  चुनावी प्रचार प्रसारको क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप भएका छन् । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं १ मा भएको झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।नेपाली कांग्रेसबाट लक्ष्मी देवी पाण्डे र एमालेबाट चेतबहादुर राना अध्यक्षका उम्मेद्वार उम्मेदवार छन् ।

काँग्रेस केन्द्रीय सदस्य गुरुङ गठबन्धनकोे पक्षमा

काँग्रेस केन्द्रीय सदस्य गुरुङ गठबन्धनकोे पक्षमा
चितवन :  नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ् पार्टी निर्णयको पक्षमा देखिएका छन् । केही दिन अगाडि सम्म काँग्रेस बाट विद्रोह गरि बागी उम्मेद्वार दिएका जगन्नाथ पौडेलको पक्षमा रहेको मानिएका केन्द्रीय सदस्य गुरुङ एकाएक गठबन्धनको पक्षमा देखिएपछि नेपाली काङ्ग्रेस चितवनका असन्तुष्ट समुह सम्हालीन थालेको छ । नेपाली काँग्रेस समग्र पार्टी पङ्ती गठबन्धनको पक्षमा लाग्न थालेपछि बागी उम्मेद्वार पौडेलले आफु एक्लिएको अभिव्यक्ति दिन थालेका छन् । आफ्ना उम्मेद्वार भन्दा बिद्रोही उ...

गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा, ३ जनाको मृत्यु

गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा, ३ जनाको मृत्यु
गोरखा  : गोरखामा जन्ती बोकेको स्र्कापियो जिप दुर्घटनामा परी आज साँझ ३ जनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ९एसपी० केदार खनालले जानकारी दिनुभयो । बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप आरुबोटेको फिरफिरे भीरबाट झण्डै २ सय मिटर तल खसेको उहाँको भनाई छ । दुर्घटनामा परि मृत्यु भएकाहरुको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय ...

विदुरलाई उदाहरणीय नगर बनाउनेछौं : प्रभा बोगटी

विदुरलाई उदाहरणीय नगर बनाउनेछौं  : प्रभा बोगटी
नुवाकोट विदुर नगरपालिका वडा नं. ७स्थित तुप्चेकी स्थायी वासिन्दा प्रभा बोगटी माओवादी केन्द्रका तर्फबाट सोही नगरपालिकाको उप–प्रमुखमा उम्मेदवारी दिनुभएको छ । पारिवारिक राजनीतिक पृष्ठभूमिका कारण सानैदेखि राजनीतिमा आवद्ध हुनुभएकी उहाँ माओवादी आन्दोलनका शीर्ष नेतामध्ये एक पोष्टबहादुर बोगटी ‘दिवाकर’ की छोरी हुनुहुन्छ । विद्यार्थीकालदेखि राजनीतिक यात्रा सुरु गर्नुभएकी उहाँले जनयुद्ध सुरु भएपछि तत्कालीन सरकार पक्षको धरपकडका कारण घरमा बस्ने र पढ्ने वातावरण नभएपछि युद्धमा होमिनुभएको थ...

भोली मंगलबार सार्वजनिक विदा

भोली मंगलबार सार्वजनिक विदा
काठमाडौं  :  सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ।गृह मन्त्रालयका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको बताउनु भयो। ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय भएको हो।