काठमाडौं : प्रदेश–१ को तराई भू–भागका केही स्थानमा आइतवारबिहानैबाट वर्षा भएको छ ।आइतवार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।