Banner News

इच्छाकामना २ मा नेकपा एमालेको प्यानल नै विजयी

इच्छाकामना  २ मा  नेकपा एमालेको प्यानल नै विजयी
कुरिनटार :  चितवनको इच्छाकामना २ को वडाध्यक्षमा नेकपा एमालेका पञ्च बहादुर चेपाङ पुन : विजयी हुनुभएको छ । गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका प्रकाश बुढाथोकीलाई १६९ मतले पराजित गर्दै विजयी हुनुभएको हो । विजयी एमालेका चेपाङले ६८३ र पराजित गठबन्धनका बुढाथोकीले ५१४ मत प्राप्त गर्नुभएको छ । यस अघि पनि प्रकाश बुढाथोकीलाई  पराजित गर्दै  पञ्च बहादुर चेपाङ  वडाध्यक्षमा विजयी हुनुभएको थियो । यसैबिच वडा सदस्यहरुमा नेकपा एमालेकै उम्मेद्वारहरु विजयी भएका छन् ।

इच्छाकामना १ को वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका सन्त बहादुर राना मगर विजयी

इच्छाकामना १ को वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका सन्त बहादुर राना मगर विजयी
कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका वडा नं। १ वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार सन्त बहादुर राना मगर विजयी हुनुभएको छ । कडा प्रतिस्पर्धा भएको यो वडामा सुरुवात देखि नै नेकपा एमालेका उम्मेद्वार नन्दलाल गिरीले अग्रता लिए पनि अन्तमा १० मत अन्तरले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार सन्त बहादुर राना मगरले बिजय हासिल गर्नुभएको हो । रानाले६३९ मत प्राप्त गर्दा नेकपा एमालेका नन्दलाल गिरिले ६२९ मत प्राप्त गर्नुभएको छ ।यस अघिको स्थानीय तह निर्वाचनमा पर...

चितवनमा ८१ महिला मतदान अधिकृत

चितवनमा ८१ महिला मतदान अधिकृत
चितवन, २८ वैशाख । जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला छन् । यस स्थलमा चार मतदान केन्द्र छ । यहाँ हरेक मतदान केन्द्रमा रहेका कर्मचारी सबै महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । यस मतदानस्थलमा तीन हजार ३४२ मतदाता छन् । उहाँका अनुसार ४५१ केन्द्रमध्ये ८१ केन्द्रमा महिला अधिकृत ...

आज र भोलि मतदाता परिचयपत्र वितरण र मतदातालाई भोट हाल्ने तरिका सिकाउने

आज र भोलि मतदाता परिचयपत्र वितरण र मतदातालाई भोट हाल्ने तरिका सिकाउने
काठमाडौँ,२८ बैशाख । निर्वाचन आयोगले आज र भोलि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई भोट हाल्ने तरिका सिकाउने भएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालयलाई पत्राचार गरेको छ । आज र भोलि सबै मतदातालाई मतदान गर्ने तरिका सि...

इच्छाकामनामा पाच बर्षमा ३८२ किमि नंया सडक ट्र्याक निर्माण

इच्छाकामनामा पाच बर्षमा ३८२ किमि नंया  सडक ट्र्याक निर्माण
कुरिनटार- इच्छाकामना गाउँपालिकामा चुनावी सर्गर्मी बढ्दै गर्दा एक अर्का माथी आरोप लगाउने क्रम पनि बढेको छ। यसै बिचमा नेकपा एमालेका अध्यक्ष उम्मेद्बारले गाउँपालिकामा एक इन्चपनी सडक पिच नभएको भनी लगाइएको आरोपको पाचदलिय गठबन्धनका अध्यक्ष उम्मेद्बार तथा भुतपुर्व गाउँपालिका अध्यक्षले खण्डन गर्नु भएको छ।                                                                                           अध्यक्ष पदका उम्मेद्बार गिताकुमारी गुरुङले २०७४ सालको स्थानियतहको निर्वाचन पछि आफू पालिका प...

महिलाले राम्रो काम गर्न सक्दैनन भन्नेलाइ उत्तर बनेकी गिता कुमारी

महिलाले राम्रो काम गर्न सक्दैनन भन्नेलाइ उत्तर बनेकी गिता कुमारी
कुरिनटार-  देश संघीयसंरचनामा गएपछी २०७४ बैशाखमा स्थानियतहको पहिलो निर्वाचन हुदै गर्दा चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाका अधिकांश  स्थानिय यो सासकिय संरचना सङनै अनभिज्ञ थिए। धेरैले बुझेका थिए पुनानो गाविस हुदा खेरीको जस्तै प्रणाली हो। त्यसैमा विभिन्न पार्टी हरुले गाउँपालिका अध्यक्षको उम्मेद्बार घोषणा गर्दै गर्दा नेपाली कांग्रेसले आफ्नो उम्मेद्बार भने महिला बनायो। सबैले चासो व्यक्त गरे "महिला पो ??? यिनले जित्दिनन जिते पनि काम गर्न सक्दिनन।" तर यतार्थ भै दियो ठ्याकै उल्टो।...

इच्छाकामना एमालेको प्रतिबद्धता : चेपाङलाई विद्युतमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई ५ हजार उपचार खर्च

इच्छाकामना एमालेको प्रतिबद्धता : चेपाङलाई विद्युतमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई ५ हजार उपचार खर्च
चितवन :  इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढि जनसंख्या भएको चेपाङ समुदायलाई नेकपा (एमाले) इच्छाकामनाले विद्युत महसुलमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । यो सुविधा दलित समुदायलाई पनि हुने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । गाउँपालिका जितेपछि एमालेले आफ्ना कार्यक्रमलाई शिक्षा र स्वास्थ्यमा जोड दिने उल्लेख गरेको छ । सम्वृद्ध इच्छाकामना निर्माणका लागि नेकपा(एमाले)ले अघि सारेका शिक्षा र स्वास्थ्यका योजना अनुसार वडागत तहमा आधा घण्टाको दूरीमा बाल सिकाई केन्द्र सञ्चालनको ...

कुरिनटारमा सशस्त्र प्रहरीबलको गोताखोर तालिम सुरु।

कुरिनटारमा सशस्त्र प्रहरीबलको गोताखोर तालिम सुरु।
सशस्त्र प्रहरी बल  नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा पाँच साता लामो गोताखोर तालिम सुरु भएको छ ।                                                                                             राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय वीचको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । गोताखोर तालिममा २० जना सशस्त्र प्रहरीका जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् । तालिम अवधीभर प्रशिक्षार्थीहरुलाई कोशी ...

वडाअध्यक्ष उम्मेद्बार शरद पोखरेलको आफुले जिते वडाबासिको आफ्नै पारिश्रमिकबाट स्वास्थ बिमा गराउने उद्देश्य ।

वडाअध्यक्ष उम्मेद्बार शरद पोखरेलको आफुले जिते वडाबासिको आफ्नै पारिश्रमिकबाट  स्वास्थ बिमा गराउने उद्देश्य ।
कुरिनटार- स्थानियतहको निर्वाचनको मिति नजिकिदै गर्दा अहिले चुनावी प्रचार प्रसार र प्रतिबद्धता हरु घोषणा हुनेक्रम जारी रहदा इच्छाकामना गाउँपालिका वडा ३ का अध्यक्ष उम्मेद्बार शरद पोखरेलले आफुले जिते वडाबासीलाई कुनैपनी बिरामी भएर उपचार गराउन गार्हो नपर्ने गरि  सबैको निशुल्क स्वास्थ बिमा गराउने घोषणा गर्नु भएको हो।                                                                                    नेपाली कांग्रेस, नेकपा माओबादी र एकीकृत समाजबादी सम्मीलित लोकतान्त्रिक गठबन्धनका साझा...

छोरी बुहारी हुँदा

छोरी बुहारी हुँदा
जन्मघरकी सुन्दरी परीतीमी जाँदैछौं पराइ घर। बाबा आमाको काखमा हुर्कि बदलियो गोत्र थर। कस्ता छन् सासु ससुरा तिम्रा नन्द अनि देवर । झटपट कामधन्दा सक्नु घरको उठ्नुपर्छ सबेर। दर्शन गर्नु श्रीमानको बिहान सक्दामा रोज रोज। आफूभन्दा मान्यजनको ढोग गरे अनि त सोज खोज। नझुक कहिल्यै शिर उच्चो गरी बोली बचन मिठास। मेला पात घाँस दाउरा जाँदा होला तिमीलाई सकस। भान्सामा गर्नु सफाई बहुत बस्नेछ अनि राम्रो बानी। खानपानमा ध्यान दिनु सधैं छोरी स्वास्थ्य हुनेछ अनी। सानो ति...