
इच्छाकामना : सत्ता गठबन्धनबाट चितवनको इच्छाकामना गाउँपालिका ३ का वडाध्यक्ष उम्मेद्वार बन्नुभएका नेकपा माओवादी केन्द्रका युवा नेता इच्छाकामना गाउँ कमिटीका सह–सचिव शरद पोखरेलले घरदैलो अभियानलाई तीब्र पार्नुभएको छ । सफल यूवा व्यवासयी समेत रहेका पोखरेल जनताको अमुल्य मत खेर नफाल्ने प्रतिबद्धता जनाउनुभयो । सधैभर सत्यको बाटो हिड्ने र जनताको सेवा गर्ने बताउदैँ पोखरेलले जनतालाई झुटो आश्वासन नबाडेको बताउनुभयो ।
वयोवृद्ध बा आमाहरूलाई प्रत्येक महिना निशुल्क स्वास्थ्य परिक्षण , स्वास्थ्य बिमा देखि लिएर किसानहरुलाई सहुलियत दरमा मल,बीउ बिजनको व्यवस्था बजार व्यवस्थापन लगायतको योजना रहेका छन् ।
घेषणा पत्र
१) किसानलाई सहुलियत दरमा मल,बीउ बिजनको व्यवस्था गरिनेछ ।
२) आफ्नो वडा भित्र रहेका प्राकृतिक सम्पदाहरूको पहिचान गरि पर्यटकिय विकास प्रवद्र्धनमा जोड दिइने छ ।
३) बजार तथा ग्रामीण बस्तीमा निस्कने फोहरहरूको पुनः प्रयोग तथा व्यवस्थापनका साथै अनुगमन गरिनेछ ।
४) स्थानिय टोल विकास समितिलाई सक्रिय गराई टोल वासीमा परेका समस्याहरूको निराकरण गरिनेछ ।
५) दैवीक दुर्घटनामा परेर घाइते भएका बिरामीहरूको नि : शुल्क प्राथमिक उपचारको वयवस्था गरिनेछ ।
६) शिक्षण सेवामा समर्पित रहि सेवा निवृत्त हुनुभएका गुरुहरूलाई प्रत्येक वर्ष गुरुपूर्णिमाका अवसरमा गुरुपर्वको आयोजना गरि सम्मानित गरिनेछ ।
७) ८० वर्ष माथिका सबै वयोवृद्ध बा आमाहरूलाई प्रत्येक महिना नि ः शुल्क स्वास्थ परीक्षण तथा जेष्ठ नागरिक दिवसका अवसरमा वार्षिक रुपमा औषधि खर्च बापत रु ५०००÷–(पाँच हजार)सहित जेष्ठ नागरिक सम्मान गरिनेछ ।
८) साहित्य,कला,संस्कृतिको विकास तथा प्रवर्द्धनका लागि समय अनुकुल हुन ेगरी प्रतियोगितात्मक कार्यक्रको आयोजना गरिनुका साथै वडा क्षेत्र भित्र नयाँ प्रकाशित कृतिका कृतिकारलाई प्रोत्साहन बापत प्रकाशन खर्चको २५% उपलब्ध गराइनेछ ।
९) स्वास्थ बिमाको व्यवस्था गरिनेछ ।
१०) उत्पादित कृषि जन्य बस्तुहरूको बजार व्यवस्थापन गरिनेछ ।