चितवन :  पहिरोका कारण अवरुद्ध नारायणगढ -मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । हिजो शनिबार साँझ ७ : ४५ बजे चितवनको इच्छाकामना ६ कालिखोला स्थित तोपेखोलामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेका थिए । विहान ६ :  ०४ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । विहान ४ बजे सञ्चालनमा आएको सडक पुन पहिरो खसेपछि अवरुद्ध बनेका थिए ।