मुग्लिन :  चितवनको इच्छाकामना गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीब्र पारेका छन् । जस अन्तरगत आज वडा नम्बर ५ मुग्लिन बजारमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । अध्यक्षका उम्मेद्वार कांग्रेसका गीता कुमारी गुरुङ र नेकपा माओवादी केन्द्रका प्रताप गुरुङ सहित वडा नम्बर ५ का वडाध्यक्ष उम्मेदकार्यक्रम अभियान गरेका हुन् । अभियानका क्रममा बृद्धबृद्धाहरुले जितका लागि शुभकामनासहित आशिर्वाद  दिएका थिए । अध्यक्ष गीता कुमारी गुरुङले आफुले पाँच बर्षमा उल्लेख्य जनमुखी काम गरेको र अझै इच्छाकामनाको समृद्धिका लागि काम गर्ने उदेश्यले पुन आएको बताउनुभयो ।
अध्यक्षका उम्मेद्वार गीता कुमारी गुरुङ र उपाध्यक्ष उम्मेद्वार प्रताप गुरुङले चुनाव जित्नका लागि मात्र नभई मिलेर इच्छाकामनाको मुहार फेर्ने प्रतिवद्धता सहित गठबन्धन बनाई चुनावी मैदान होमिएको बताउनुभयो । घोषणा पत्र अनुसार इमान्दार भएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।