इच्छाकामना :   स्थानिय चुनाव २०७९ नजिकिँदै गर्दा इच्छाकामना गाउँपालिकामा पाँचदलिय गठबन्धनका साझा उम्मेदवारहरुको चुवानी घरदैलो कार्यक्रम यतिबेला तिब्र हुँदै गईराखेको छ । चितवनको एकमात्र गाउँपालिका रहेको इच्छाकामना गाउँपालिकामा पाँचदलिय गठबन्धन अन्र्तगत नेपाली काँग्रेसका तर्फबाट निवर्तमान अध्यक्ष गिता कुमारी गुरुङ अध्यक्षमा र माओवादी केन्द्रका तर्फबाट प्रताप गरुङ उपाध्यक्षको उम्मेदवार रहेका छन् । साथै पालिकाका विभिन्न वडाहरुमा गठवन्धन अन्र्तगतकै उम्मेदवारी रहेकोे छ ।

चुनावी अभियानको क्रममा इच्छाकामनाका विभिन्न वडाहरुमा भएको चुवावी सभामा व्यस्त निवर्तमान अध्यक्ष समेत रहेकी नेपाली काँग्रेसको तर्फबाट साझा उम्मेदवार गिता कुमारी गरुङले आफ्ना पाँच वर्षिय कार्यकालमा बाँकी रहेका अधुरा कामहरु पुरा गर्न पुनःचुनावमा होमिएकोे जानकारी दिइन ।
इच्छाकामना वासीहरुलाई सम्बोधन गर्दै गरुङले हिँजोको दिनमा छुट्टा छुट्टै हिँडेका काँग्रेस र माओवादी एकसाथ हिँड्दा अचम्म नमान्न भनीन । उनले समग्र देश तथा प्रजातन्त्रको रक्षाको लागि यसो गरेको बताइन ।
इच्छाकामनाको विकासका लागि पनि सबै मिलेर एकसाथ अघि बढ्नु उपयुक्त कुरा हो । एकैसाथ हँसिया हतौडोको झण्डा र चारतारे झण्डा फरफराउनुले इच्छाकामनालाई निकै फाइदा पुग्छ उम्मेदवार गुरुङको भनाई छ । आफ्नो २५ बर्षिय शिक्षण पेशाबाट सिकेका कुराहरुलाई अंगिकार गर्दै विगत ५ वर्षमा इच्छाकामनामा उल्लेख्य विकास भएको अध्यक्षकी उम्मेदवार गिताकुमारी गुरुङले बताइन । विकटलाई निकटमा ल्याउन सक्नुमा सबैको साथ र सहयोग रहेको भन्दै उनले अव यसपालि पनि चुनाव जिताएर भएका अपुरा र अधुरा कामहरु पुरागर्न दिन आग्रह गरिन ।

“अहिले ईच्छाकामनाका कुनैपनि वडामा पुग्न हिँड्न नपर्ने सबै वडाहरुमा मोटरबाटो पुगेको छ , घर घरमा खानेपानी, पुगेको छ , स्वास्थ्य चौकी प्रत्येक वडामा बनेका छन् ।”  उनले भनिन्  शैक्षिक क्षेत्रमा वडाका विद्यालयहरुमा १२ कक्षा सम्म संचालन भएका छन् । विजुली बत्तीहरु बलेका छन् । विरामी तथा गर्भवतीको लागि घर नजिकै स्वास्थ्य चौकि हुँदा समस्या भएको छैन , मानिहरुले पहिले जस्तो सिटामल खान नपाउने स्थीती छैन । विकासको लागि पुर्वाधारहरु सबै खडा गरिएको छ अव ति पुर्वाधारका कुराहरुलाई पुरा गर्नको लागि भित्रैदेखि महशुस गरेर आफु चुनावमा उठेको र यसपाली पनि आफुँलाई जिताउनु उनको पुन: आग्रह थियो ।

अहिले भएका विकासका संरचनाहरुलाई व्यवस्थापन गरि अझ राम्रो बनाउको लागि र महिला दिदी बहिनीहरुलाई सिपमुलक तालिम युवाहरुको लागि सिप सहितको साधन उपलब्ध गराई कार्यान्वयन गराउने गुरुङ बताउँछिन् ।

त्यसैगरी उपाध्यक्षका उम्मेदवार रहेका माओवादी केन्द्रका प्रताप गुरुङले यो गठवन्धनलाई नौलो नमानीकन भोट हाल्न आग्रह गरे । आफ्नो हक र अधिकार बचाउनको लागि गठबन्धन अपरिहार्य भएको भन्दै उनले निर्धक्क भएर रुखमा र हँसिया हतौडा तथा गटवन्धनका चिन्हमा भोट हाल्न पर्ने बताए ।  उनले भने : एकले अर्कालाई छाप हान्न नहिचकिचाउनुहोस , संविधानको रक्षाको लागि यो गठवन्धन अपरिहार्य रहेको छ,  विगतको कुरा विर्सेर अत्याधिक बहुमतका साथ इच्छाकामना गाउँपालिकामा गठबन्धनलाई जिताउनु होला । गठवन्धनले चुवान जितेपछि इच्छाकामनाको विकासले सम्पूर्ण वासीहरुकोे स्तर उन्नती हुनेछ, शैक्षिक सुधार हुनेछ, किसानको लागि अनुदान तथा अन्य समस्याको समाधान हुनेछ सानो देखि ठ्ला समस्याहरुको स्थानिय स्तरमै समाधान गरिनेछ उनको भनाई थियो ।

वडा नं. ४ मा भएको चुनावी कार्यक्रममा वोल्दै नेपाली काँग्रेसको तर्फवाट वडा नं. ४ का वडाध्यक्षका उम्मेदवार होमबहादुर सिलवाल (जीवन) ले इच्छाकामनाको विकासको लागि गठवन्धनलाई जिताउन आग्रह गरे । उनले अरुले विभिन्न बहानाबाजी बनाएर  झुटो प्रचार गरेको भन्दै झुटो कुराको पछि नलाग्न त्यहाँका जनतासामु प्रष्ट पारे । गठवन्धनलाई मत दिएका मात्र मतको कदर हुने भन्दै उनले भने  “मतदाता समक्ष झुक्न नपर्ने वातावरण बनाउँदछौ ।”