Banner News

पत्रकार सम्मेलन गर्दै भीम रावल

पत्रकार सम्मेलन गर्दै भीम रावल
काठमाडौँ  : नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् । कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन...

बसले थिच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु

बसले थिच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
काठमाडौं : सर्लाहीमा बस अनियन्त्रित भई पल्टिँदा सशस्त्र प्रहरीका निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ। गएराति पौने ९ बजेतिर बलरा नगरपालिका-९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए। छतौनाबाट काठमाडौंआउँदै गरेको बागमती प्रदेश ०१-००६ ख २००४ नम्बरको राजदेवी यातायातको बस अनियन्त्रित भई पल्टिएर तुलाधरलाई थिचेको हो। बसले थिच्दा गम्भीर घाइत...

आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै
काठमाडौं : अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ।नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो। नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ। विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ। तर, विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगा...

पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो
काठमाडौँ : अंग्रेजी नयाँ वर्षदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ।  निगमले पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो। हवाई इन्धन भने आन्तरिकतर्फ २ रुपैयाँ प्रतिलिटर र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ रुपैयाँ मूल्य घटाइएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ।  

आज गुरुङ समुदायले तमू ल्होसार मनाइँदै ,सार्वजनिक बिदा

आज गुरुङ समुदायले तमू ल्होसार मनाइँदै ,सार्वजनिक बिदा
काठमाडौं : गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ। काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा भेला भएर यो पर्व मनाउँदैछन्। तमु ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रासहायप्रसाद यादव, प्रधानमन्त्री केपी...

नेकपा माओवादी केन्द्र इच्छाकामना ६ को अध्यक्षमा याम बहादुर गुरुङ

नेकपा माओवादी केन्द्र इच्छाकामना ६ को अध्यक्षमा याम बहादुर गुरुङ
इच्छाकामना :  नेकपा माओवादी केन्द्र इच्छाकामना ६ को अध्यक्षमा याम बहादुर गुरुङ निर्वाचित  भएका छन्  । आज पाँच किलोमा   सम्पन्न वडा सम्मेलनबाट गुरुङ पुन: अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । गुरुङको नेतृत्वमा १७ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको नेकपा माओवादी केन्द्र इच्छाकामनाले जनाएको छ । उपाध्यक्षमा विमला घिमिरे, सचिवमा विर बहादुर विक,कोषाध्यक्षमा सन्त बहादुर चेपाङ,र सह–सचिवमा पूर्णमाया चेपाङ चयन भएका छन् ।नेकपा माओवादी केन्द्र इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ,...

नेकपा एमाले इच्छाकामनाको अध्यक्षमा प्रकाश अधिकारी

नेकपा एमाले इच्छाकामनाको अध्यक्षमा प्रकाश अधिकारी
इच्छाकामना :  नेकपा एमाले इच्छाकामना गाउँकमिटिको अध्यक्षमा प्रकाश अधिकारी सर्वसम्मत चयन भएको छ । पार्टीको शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय नेकपा एमाले इच्छाकामना गाउँकमिटि सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा लक्ष्मण चेपाङ, सचिवमा बोधराज गोले, उपसचिवमा शान्ता पाण्डे त्रिपाठी र कृष्ण गुरुङलाई चयन गरेको छ । एमाले इच्छाकामना गाउँकमिटि अध्यक्ष नर बहादुर नेपालको सभापतित्वमा सम्पन्न अधिवेशनको समुद्घाटन कार्यक्रममा नेकपा एमालेका ...

आज क्रिसमस मनाउँदै इसाई धर्मावलम्बी

आज क्रिसमस मनाउँदै इसाई धर्मावलम्बी
काठमाडौं :  इसाई धर्मावलम्बीले सोमबार क्रिसमस डे मनाउँदैछन्।अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन्। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ। ‘ख्रिष्टमस’ पनि भनिने यो दिनमायेशुको शिक्षा एवं उपदेश...

आँबुखैरेनी १ आँधीखोलामा इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

आँबुखैरेनी १ आँधीखोलामा  इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
तनहुँ : आँबुखैरेनी गाउँपालिका १ आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए। डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१-००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ठक्कर पश्चात् स्करपियो सडकमै रहे...

सांसद पदबाट रवि लामिछाने निलम्बित

सांसद पदबाट रवि लामिछाने निलम्बित
काठमाडौँ  :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। संघीय संसद् सचिवालयले उनी निलम्बित भएको जानकारी गराएको छ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना निकालेर जनाएका छन्। सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरणलगायत कसुरमा मुद्दा परेपछि सचिवालयले आज उनी निलम्बनमा परेको सूचना निकालेको हो। रास्वपाले आजै उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको थियो।