
इच्छाकामना : नेकपा माओवादी केन्द्र इच्छाकामना ६ को अध्यक्षमा याम बहादुर गुरुङ निर्वाचित भएका छन् । आज पाँच किलोमा सम्पन्न वडा सम्मेलनबाट गुरुङ पुन: अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
गुरुङको नेतृत्वमा १७ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको नेकपा माओवादी केन्द्र इच्छाकामनाले जनाएको छ । उपाध्यक्षमा विमला घिमिरे, सचिवमा विर बहादुर विक,कोषाध्यक्षमा सन्त बहादुर चेपाङ,र सह–सचिवमा पूर्णमाया चेपाङ चयन भएका छन् ।नेकपा माओवादी केन्द्र इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ,संयोजक सावित्री सिलवाल,सचिव रामहरि कडेँल, सम्झना खड्का सिलवाल, कुमार मगर लगायतका नेताहरुको उपस्थितिमा वडा सम्मेलन सम्पन्न भएको हो ।