इच्छाकामना :  नेकपा एमाले इच्छाकामना गाउँकमिटिको अध्यक्षमा प्रकाश अधिकारी सर्वसम्मत चयन भएको छ । पार्टीको शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय नेकपा एमाले इच्छाकामना गाउँकमिटि सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा लक्ष्मण चेपाङ, सचिवमा बोधराज गोले, उपसचिवमा शान्ता पाण्डे त्रिपाठी र कृष्ण गुरुङलाई चयन गरेको छ ।

1735317900-27mnO1735322404.jpg

एमाले इच्छाकामना गाउँकमिटि अध्यक्ष नर बहादुर नेपालको सभापतित्वमा सम्पन्न अधिवेशनको समुद्घाटन कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो भने केन्द्रीय सदस्य एवं चितवन क्षेत्र नं. २ इन्चार्ज कृष्णभक्त पोखरेल, बागमती प्रदेश कमिटि सदस्य एवं बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, एमाले चितवन जिल्ला अध्यक्ष कमल पाठक, चितवन जिसस प्रमुख नारायणी अधिकारी इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुूरुङ, उपाध्यक्ष माया सिलवाल, कालिका नगरप्रमख विनोद रेग्मी, उपप्रमुख बिमला तामाङ सहभागी थिए ।

अधिवेशनको समुद्घाटन भन्दा पहिले मुग्लिन बजारमा ¥यालीको परिक्रमा गरिएको थियो ।