Banner News

प्युघरफाटमा सेवा कार्यालय स्थापना, प्युघर क्षेत्रका बासिन्दा सेवाका लागि हिलेखर्क पुग्न नपर्ने

प्युघरफाटमा सेवा कार्यालय स्थापना, प्युघर क्षेत्रका बासिन्दा  सेवाका लागि हिलेखर्क पुग्न नपर्ने
आँबुखैरेनी  : तनहुँको  आँबुखैरेनी गाउँपालिका वडा नं ६ प्युघरफाटमा सेवा कार्यालय  विस्तार गरेको छ ।   हिलेखर्क जाँदा अप्ठ्यारो परिरहेको , प्युघर फाटको वरिपरिका बस्तीका जनतालाई सहज र छिटो सेवाहरू उपलब्ध गराउने उदेश्यले  सेवा कार्यालय स्थापना गरिएको हो । यस सेवा कार्यालयबाट जनतालाई सरकारी सेवा पुर्याउन सुविधाजनक बनाउने र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने लक्ष्य राखिएको वडाध्यक्ष  दिलिप गुरुङले बताउनुभयो । उहाँका अनुसार अब हप्ताको  दुई  दिन सेवा कार्यालयबाट नागरिकहरूले विभिन्न ...

आजदेखि हिउँदे वर्षा शुरु हुने

आजदेखि हिउँदे वर्षा शुरु हुने
काठमाडौं : हिउँदे वर्षा सोमबार शुरु हुने भएको छ। पश्चिम नेपालबाट हिउँदे वर्षा शुरु हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका असरका कारण कर्णाली र सुदूरपश्चिमप्रदेशका तराईका भुभागदेखि पहाडी भूभागमा पनि आज राति भोलि हल्का वर्षा हुनेछ। उच्चपहाडी तथा हिमाली भेगमा वर्षासहित हिमपात हुनेछ । गण्डकी प्रदेशका उच्च भेगमा समेत हिमपात हुने मौसमविद् अधिकारीले जानकारी दिए। काठमाडौं र पो...

रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दामा सोमबारदेखि कास्की जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ। पूर्वगृहमन्त्री लामिछानेमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेपछि सोमबार थुनछेक बहस शुरु हुने भएको हो। सहकारीको रकम अपचलनको आरोपमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले त्यसयता हिरासतमा राखेर अनुसन्धान गरेको थियो। प्र...

मुग्लिन–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने

मुग्लिन–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने
कुरिनटार ;  पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड आजदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडकखण्डको पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले आजदेखि पुस १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।नागढुङगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दरइका अनुसार बिहान ११ः०० देखि अपराह्न २ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो । उनका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–...

टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु

टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु
तेह्रथुम : खोला किनारमा टिकटक बनाउने क्रममा दुई जनाको मुत्यु भएको छ। शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका –५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो। विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए। खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए। अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जि...

इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न

इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न
इच्छकामना : चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । अस्पतालको प्रथम बार्षिकोत्सवको अवसरमा इच्छाकामना गाउँपालिकाको आयोजनामा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । विश्वज्योति फर्मा भरतपुर १० चितवनको सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा १८० जनाले स्वास्थ्य जाँच तथा उपचार गराएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाले बताउनुभयो । उहाँका अनुसार भिडियो एक्सरे १३३ जना, सुगर परिक्षण १४५,यू...

मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु
झापा :  झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। गएराति दमक नगरपालिका–१० को सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैं गरेको प्रदेश न १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २७ वर्षीय बिराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह नगरपालिका ५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी राई भनिने ओमकुमारी राई घाइते भएका थिए। उपचारको लागि तीनै जनालाई दमक अस्पताल दमक पठाएकोमा घाइ...

संस्कृति संरक्षणमा सबै लाग्नुपर्छ : सभामुख धिताल

संस्कृति संरक्षणमा सबै लाग्नुपर्छ   : सभामुख धिताल
ताक्लुङ  ः गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले हाम्रो नेपालको मौलिक संस्कृतिको संरक्षण गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।  गोरखाको सहिद लखन गाउँपालिका ४ स्थित अर्लाङदी मन्दिर उद्घाटन तथा विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन  समारोहलाई सम्बोधन गर्दै सभामुख धितालले हाम्रो संस्कृति लोप हुदै गएकाले संरक्षणका लागि सबै लाग्नुपर्ने बताउनुभएको हो । “ हाम्रो संस्कृति लोप हुने खतरा बढ्दै गएको छ   । उहाँले भन्नुभयो, पश्चिमा संस्कृतिबाट घेरिदैँ आएको छ ,संरक्षणका लागि सबै लाग्नुपर्छ ...

माओवादी केन्द्र गण्डकी गाउँपालिकाको अध्यक्षमा मिलन मगराती

माओवादी केन्द्र गण्डकी गाउँपालिकाको अध्यक्षमा मिलन मगराती
गोरखा :  नेकपा (माओवादी केन्द्र) गण्डकी गाउँपालिकाको अध्यक्षमा मिलन मगराती चयन हुनुभएको छ ।  शनिबार बुटारमा सम्पन्न तेस्रो पालिका सम्मेलनबाट  मगराती अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । सम्मेलनले गाउँ कमिटी उपाध्यक्षमा  तुलसी रेग्मी पहलमान बयलकोटी, रामप्रसाद रेग्मी कोषाध्यक्षमा मिना ढकाल, सचिवमा एक बहादुर  थापा र सहसचिव चित्र बहदाुर  चेपाङलाई चयन गरिएको नेकपा माओवादी केन्द्र गण्डकीले जनाएको छ ।

निवृत्त शिक्षकहरूको विशेष भेला सम्पन्न

निवृत्त शिक्षकहरूको विशेष भेला सम्पन्न
चितवन : नेपाल शिक्षक संघ, चितवन अन्तर्गत निवृत्त शिक्षक परिचालन तथा सूचना प्रविधि विभागको आयोजनामा निवृत्त शिक्षकहरूको विशेष भेला चितवनस्थित संघको सभा हलमा सम्पन्न भएको छ। विभागका संयोजक एवम् जिल्ला कार्यसमिति उपाध्यक्ष भविश्वर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमले शिक्षकहरूको योगदानको सम्मान गर्दै नयाँ ऊर्जा र उत्साह थप्ने प्रयास गरेको हो। कार्यक्रमका प्रमुखअतिथिका रूपमा नेपाल शिक्षक संघ, बागमती प्रदेश अध्यक्ष दीपक सिंखडाको उपस्थिति रहँदा विशिष्ट अतिथि संघका चितवन अध्य...