काठमाडौँ : अंग्रेजी नयाँ वर्षदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ।  निगमले पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो।

हवाई इन्धन भने आन्तरिकतर्फ २ रुपैयाँ प्रतिलिटर र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ रुपैयाँ मूल्य घटाइएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ।