Banner News

नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा रामहरि कडेँल

नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा रामहरि कडेँल
इच्छाकामना :  नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको अध्यक्षमा रामहरि कडेँल निर्वाचित हुनुभएको छ ।आज वडा नम्बर ७ सिमलढापमा सम्पन्न दोश्रो सम्मेलनबाट सर्वसम्मत निर्वाचित हुनु भएको हो । यसैबिच उपाध्यक्षमा कुमार मगर,राम प्रसाद बोहोरा,तुल बहादुर गुरुङ, सचिवमा पवन गुरुङ, सह–सचिवमा  सुशीला चालिसे र कोषाध्यक्षमा  ईन्द्र माया मगर चयन  हुनुभएको छ । हरि बहादुर थापाको  अध्यक्षतामा सम्पन्न बन्द सत्रबाट ३५  सदस्यीय  गाउँ कमिटी सर्वसम्मत चयन गरिएको हो ।  नेकपा माओवादी केन्द्रका केन्...

मुग्लिन-मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने

मुग्लिन-मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने
चितवन,  २५  पुस  । मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतीका काम गरिएका थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का ई बिजय दराइका अनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो । सो समयमा दिउँसो ११ बजेदेखि २ बजेसम्म सवारी रोकेर सडकको बिशालटार, खटौटी लगायतका क्षेत्रमा भित्तो काट्ने काम गरिएको थियो । उहाँले भन्नुभय...

१५ दिने चितवन महोत्सव सुरु, उद्योग मन्त्री दामोदर भण्डारीले गरे उद्घाटन

१५ दिने चितवन महोत्सव सुरु, उद्योग मन्त्री दामोदर भण्डारीले गरे उद्घाटन
चितवन,  २५ पुष   ।  १५ औं संस्सरणको चितवन महोत्सव २०८१ आजबाट सुरु भएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा १५ दिनसम्म चल्ने गरी महोत्सव सुरु भएको हो । महोत्सवको आज संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । राबोटिक प्रणालीबाट महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले महोत्सवको सफलताको कामना गरे । महोत्सवले आर्थिक चलायमान गराउन सहयोग पु¥याउने बताउँदै मन्त्री भण्डारीले स्थानीय तथा स्वदेशी उत्पादनको प...

भोलिबाट चितवन महोत्सव सुरु हुँदै

भोलिबाट चितवन महोत्सव सुरु हुँदै
चितवन,२४ पुष ।उद्योग वाणिज्य संघ चितवनको आयोजनामा भोलिबाट चितवन महोत्सव २०८१ सुरु हुने भएको छ ।नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । भोलि पुष २५ बाट सुरु हुने महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्...

लेखा समिति सभापतिका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

लेखा समिति सभापतिका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी
मोरङ : ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध आज पक्राउ पुर्जी जारी भएको छ। ठगी गरी अपराधिक लाभ लिएको कसुरमा उनलाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो। मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले माग बमोजिम पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको जानकारी दिए। उनीमाथि एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने आश्वासन दिएर उनले सप्तरीका एक व्यक्ति...

विमानस्थलबाट तस्करी भएको सुन लुट्ने तीनजना पक्राउ

विमानस्थलबाट तस्करी भएको सुन लुट्ने तीनजना पक्राउ
काठमाडौँ  : अवैध सुन लुटपाटमा संलग्न रहेको अभियोगमा तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नुवाकोट पञ्चकन्या गाउँपालिका– १ घर भई काठमाडौं टोखा नगरपालिका– १ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– ३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भन्ने मिनसाङ लामा तामाङ र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका– १ घर भई काठमाडौं महानगरपालिका– ६ बस्ने २२ वर्षीय लालबहादुर तामाङ रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...

चितवनमा चर्को आवाज निकालेर चलाउने ६३ मोटरसाइकल नियन्त्रणमा

चितवनमा चर्को आवाज निकालेर चलाउने ६३ मोटरसाइकल नियन्त्रणमा
चितवन,२२  पुस  । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न समयमा गरी ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाइराखेको समयमा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । उहाँका अनुसार विभिन्न समयमा स्वरुप...

गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
गोरखा :   नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ । गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडाँैको हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए । गोरखा दरबारस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहले ...

चितवन महोत्सवको प्रवर्धनका लागि साइकल र्‍याली

चितवन महोत्सवको प्रवर्धनका लागि  साइकल र्‍याली
चितवन,  २१ पुष ।यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सवको प्रवद्र्धनका लागि साइकल र्‍याली निकालिएको छ ।चितवन महोत्सव मुल आयोजक समिति, साइकल व्यवसायी संघ चितवन–नवलपुर र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा साइकल र्‍याली निकालिएको हो । उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीका अनुसार साइकल चलाउने प्रवृत्तिलाई प्रर्वद्धन गरी वातावरण संरक्षणप्रति समुदायलाई सचेत गराई चितवन महोत्सवको प्रर्वद्धन गर्ने उद्देश्यले र्यालीको आयोजना गरिएको हो । ...

बेनिघाट रोराङ ७ चारौँदीमा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने

बेनिघाट रोराङ ७ चारौँदीमा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने
बेनिघाट :  धादिङको बेनिघाट रोराङ ७ चरौँदीमा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको छ । आवासीय विद्यालय सञ्चालनका लागि कोष खडा गर्न बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको छ । गाउँपालिकाको आयोजनामा  माघ १७ गतेदेखि २३ गते  सम्म महायज्ञ हुने भएको हो । बेनीघाट रोराङ रोराङ गाउँपालिकाको शैक्षिक सुधार र समतामुलक शैक्षिक पहुँचलाई केन्द्रमा राखी अघि बढीरहेको र वडा नम्बर ८ मा सात वटा विद्यालयलाई एकिकृत गरि आवासिय विद्यालय सञ्चालन गरिएको गाउँपालिका अध्य...