चितवनका वाम गठबन्धनका उम्मेदवार भन्छन् टाउकोको मूल्य तोक्नेहरुसँग प्रतिष्पर्धा हुन सक्दैन
शिशिर सिंखडा
शक्तिखोर, चितवन, १२ मंसिर । संयुक्त वाम गठबन्धनका उम्मेदवार सहितको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम आज शक्तिखोरका विभिन्न क्षेत्रमा गरिएको छ । प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का उम्मदेवार कृष्णभक्त पोख्रेल र प्रदेश सभाका उम्मेदवार घनश्याम दाहाल सहितका सयौं स्थानीय नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा सहभागी भएका थिए । कालिका नगरपालिकाको वडा नं. ७ स्याउली बजार, सगुनटोल, जुटपानी बजार, कालिका ८ को न्यूरेनी, देवीटार लगायतका क्षेत्रका मतदाताहरुसँग उम्मेदवारह...