काठमाडौं, १० मंसिर । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरण अन्तर्गत ३२ जिल्लामा आज सम्पन्न निर्वाचनमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा भएको मतदानमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगको मिडिया सेन्टरले जनाएको छ। यो आँकडा अझ बढ्न सक्ने आयोगको अनुमान छ।

आयोगले सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको उल्लेख गरेको छ।चार हजार चार सय ६५ मतदान केन्द्रमा मतदान भएकोमा केही स्थानमा छिटफुट घटना हुनु बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए।

रुकुमका दुई वटा मतदान केन्द्रको मतदान स्थगित भएको र ती स्थानमा पुनः मतदान हुने पनि आयोगले जनाएको छ।

पहिलो चरणको यस निर्वाचनमा कुल ३१ लाख ९१ हजार ९४५ मतदाता थिए।