ईच्छाकामना १२ मंसिर ।  बाम गठबन्धन ईच्छाकामनाको यूवाहरुको संयुक्त भेला सम्पन्न भएको छ । ईच्छाकामना ४ कुरिनटार स्थित सम्पर्क कार्यालयमा बाम युवाहरुको संयुक्त भेला सम्पन्न भएको हो । भेलामा बाम गठबन्धन निर्वाचन अभियानका संयोजकद्वय प्रताप गुरुङ, डिवि गुरुङको लगायतको आतिथ्यमा समपन्न भेलामा चुनावी प्रचार प्रसार तथा निर्वाचनका बेला कसरी परिचालन गर्ने भन्ने विषयमा छलफल गरेका थिए ।
भेलामा विभिन्न वडा र टोलका संयोजक तथा अगुवा बाम युवाहरुले रिपोर्टिङले गरेका थिए । युवाहरुले चितवन क्षेत्र न २ प्रतिनिधि सभाका उम्मेद्वार कृष्णभक्त भक्त पोखरेल र प्रदेश सभा २ ‘क’ का उम्मेद्वार घनश्याम दाहाल अविनासलाई जिताउन आफुहरु प्रतिवद्ध रहेको भन्दै अझ शसक्त भएर लाग्ने बताएका छन् ।

बाम युवा परिचालन समितिका सहसंयोजक कुमार श्रेष्ठले संचालन गरेको कार्यक्रममा पार्टीका विभिन्न तह र तप्का नेताहरुले यूवाहरुलाई प्रशिक्षण दिएका थिए ।

बाम गठबन्धनपछि युवा संघ र वाईसियल नेपालका कार्यकर्ताहरु संयुक्त बाम युवा मोर्चा बनाई एक भएर चुनावी अभियानमा होमीएका छन् ।

कार्यक्रम बाम युवा परिचालनका संयोजक प्रमोद पोखरेल अध्यक्षतामा सम्पन्न भएको हो । यसैबीच प्रचार प्रसार समितिको पनि बैठक सम्पन्न भएको छ । प्रचार प्रसार संयोजक चन्द्रमणी सापकोटाको अध्यक्षतामा बसेको बैठकले बाम गठबन्धका उम्मेद्वारहरुलाई अत्याधिक बहुमतले जिताउन प्रचार प्रसारलाई अझ शसक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ ।