सिंचाई राज्यमन्त्री चढेको गाडीमा बम बिस्फोट
रोल्पा,३० कार्तिक । आज दिउँसो नेपाली कांग्रेस रोल्पाका सभापति तथा सिंचाई राज्यमन्त्री अमरसिंह पुनको गाडीमा बम बिस्फोट भएको छ ।
चुनाव प्रचारप्रसारका लागि रोल्पाको घोडागाउँमा जाँदै गरेका बहालवाला सिंचाइ राज्यमन्त्री पुन चढेको गाडीमा बम प्रहार भएको हो ।
चुनाव नजिकिंदै जाँदा बिष्पोटका घटनाहरु बढ्दै गइरहेका छन् । आजै बागलुङ गलकोटको हटियामा बम विस्फोट भएको छ । प्रहरीले चुनाव बहिष्कार अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले बम प्रहार गरेको आरोप लगाए पनि नेकपाले भने अस्वी...