राष्ट्रिय सभाको ५६ सिटका लागि आज उम्मेदवारी दर्ता
काठमाडौं, १०माघ । आज राष्ट्रिय सभाको ५६ सिटका लागि उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले गएको पुस २९ गते नै सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।
सातवटै प्रदेशका उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ र डोटीका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता हुँदैछ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा उम्मेदवार मनोनयन दर्ताका लागि बुधबार बिहान १० बजेदेखि ४ बजेसम्मको समय तोकेको छ । निर्वाचन कार्यालयले बेलुकी ४...