गोरखा, १० मंसिर । गोरखा क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्यमा बामगठबन्धनका साझा उमेद्वार नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्। बिहान ७ स्३० बजे आफ्नै गाउँ रहेको सिरान्चोक गाउँपालिका ८ स्थित जौबारीको परोपकार आदर्श माविमा सबै भन्दा पहिलो उनले मतदान गरेका हुन्।

त्यस्तै उनका प्रतिस्पर्धी तथा पूर्व सहकमी लोकतान्त्रीक गठबन्धनका उमेद्वार डाक्टर बाबुराम भट्टराईले पनि पालुंटार नगरपालिका १ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा मतदान गरिसकेका छन् ।