राजनीति

भोलि हुने राष्ट्रियसभा चुनावको सबै तयारी पूरा

काठमाडौं, माघ २३ । भोलि हुने राष्ट्रियसभा चुनावको लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । दुई नम्बर प्रदेशमा सबै निर्विरोध भैसकेकाले बाँकी ६ वटा प्रदेशमा भोलि चुनाव हुनेछ । प्रदेश नं. १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र तोकिएको छ ।राष्ट्रियसभामा चुनिने ५६ सिटमध्ये उम्मेदवारी मनोनयनकै क्रममा २४ सिट निर्विरोध भैसकेको छ । अब ३२ सिटका लागि मात्रै चुनाव हुन लागेको हो । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफार...

आज प्रदेशसभा ३ को पहिलो बैठक बस्दै ,सभामुखको भूमिका ज्येष्ठ सदस्यले गर्ने

आज प्रदेशसभा ३ को पहिलो बैठक बस्दै ,सभामुखको भूमिका ज्येष्ठ सदस्यले गर्ने
हेटौंडा,१८ माघ । आज देश संघीय संरचनामा रूपान्तरण भएपछि प्रदेशसभा बैठक पहिलो पटक हेटौंडामा बस्दै छ। प्रदेश ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा ‘प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने’ र ‘सभामुख चयनको प्रस्ताव’ राखिएको छ। पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नेछन्। यसअघि दुई पटक हेटौंडा नगरपालिकाको मेयर भइसकेका ७१ वर्षीय पौडेल यसपटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। बैठकको सुरुमा सभामुखको आसनबाट पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रथम ...

आज विभिन्न कार्यक्रम गरि शहीद दिवस मनाइँदै

आज विभिन्न कार्यक्रम गरि शहीद दिवस मनाइँदै
काठमाडौं,१६ माघ  । आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस माघ १६ मा मनाइने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाउने गरिन्छ । अमर शहीद शुक्रराज शास्त्री...

मन्त्रिपरिषद्को निर्णय:६जनालाई सहिद घोषाणा देखि नेश्नल ट्रेडिङ लिमिटेड खारेज सम्म

मन्त्रिपरिषद्को निर्णय:६जनालाई सहिद घोषाणा देखि नेश्नल ट्रेडिङ लिमिटेड खारेज सम्म
काठमाडौं,१५ माघ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले घाटा चुलिदै गएर सञ्चालन हुन नसक्ने देखिएको भन्दै सरकारले नेसनल टे्रडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले २०५८ देखि ०६० सालसम्म मारिएका ६ जनालार्इ शहिद घोषणा गरेको छ ।द्वन्द्वका क्रममा माओवादीद्वारा मारिएका स्याङ्जाका देवानसिंह राना, देवबहादुर खवास, विष्णुबहादुर चन्द, मिन बहादुर बानिया क्षेत्री, नेत्रनारायण भण्डारी र रणबहादुर गुरुङलाई सरकारले शहीद घोषणा गरेको हो । संघीय संरचनामा जान सहज हुने...

आज राष्ट्रिय सभा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

आज राष्ट्रिय सभा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण
काठमाडौं, १५ माघ । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचन आयोगले आव चुनाव चिह्न प्रदान गर्दैछ। सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यामार्फत अन्तिम नामावली प्रकाशन हुने भएको हो। दिउँको ४ बजे नामावली प्रकाशन र त्यसपछि निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। उम्मेदवारी दिएका ८३ मध्ये आयोगले एक जनाको उम्मेदवारी रद्द गरेको छ। प्रदेश नम्बर ४ अन्तर्गत अपांगता कोटाबाट उम्मेदवारी दिएका एमालेका रामबहादुर ...

स्थानिय तहमा न्यायिक समितिको अधिकार र यसको प्रयोग सम्बन्धी अन्तरक्रिया (भिडियो सहित )

स्थानिय तहमा न्यायिक समितिको अधिकार र यसको प्रयोग सम्बन्धी अन्तरक्रिया (भिडियो सहित )
चितवन, (ईच्छाकामना) १५ माघ । चितवनको एक मात्र ईच्छाकामना गाउँपालिकामा स्थानिय तहमा न्यायिक समितिको अधिकार र यसको प्रयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा ईच्छाकामना गाउँपालिका वडा न ३ कुरिनटारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानिय सरकारमा उपाध्यक्षको नेतृत्वमा बन्ने न्यायिक समितिको काम कर्तव्य अधिकार र प्रयोगबारे जानकारी गराइएको थियो । नेपाल सकार कानुन न्याय तथा संसदीय...

राष्ट्रियसभा निर्वाचनका लागि आजबाट आचारसंहिता सुरु

राष्ट्रियसभा निर्वाचनका लागि आजबाट आचारसंहिता सुरु
काठमाडौं, १२ माघ । राष्ट्रियसभा निर्वाचनका लागि आजबाट आचारसंहिता सुरु भएको छ । माघ २४ गते हुने निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागू गरिएको आयोगको भनाइ छ । सरकार, सरकारका मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा निकाय, निर्वाचनको क्रममा संलग्न कर्मचारी, राजनीतिक दललाई आचारसंहिता लागू हुनेछ । आचारसंहिता उल्लंघन गर्नेला...

चितवनमा स्थानीय तहका उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण

चितवनमा स्थानीय तहका उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण
चितवन, ११ माघ ।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि कतिपय उम्मेदवारहरुले अझै खर्च विवरण नबुझाएका हुन् । स्थानीय निर्वाचनमा जिल्लाभर दुई हजार २३६ उम्मेदवार रहेकामा ९३० जनाले खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार खर्च नबुझाउनेमा इच्छाकामना गाउँपालिकाका २२, कालिका नगरपालिकाका ८१, खैरहनी नगरपालिकाका १५२, भरतपुर महानगरपालिकाका २८१, म...

राष्ट्रियसभाका उम्मेदवारविरुद्ध आज साँझ ५ बजे सम्म उजुरी दिन पाइने

राष्ट्रियसभाका उम्मेदवारविरुद्ध आज साँझ ५ बजे सम्म उजुरी दिन पाइने
काठमाडौं, ११ माघ । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हिजो बुधबार दर्ता गरेको उम्मेदवार विरुद्धमा उजुरी दिनका लागि आज विहान १० बजे देखि साँझ ५ बजे सम्म निर्वाचन आयोगले समय तोकेको छ । आयोगले मनोनयनपत्र र उजुरी उपर जाँजबुझ गरी निर्णय गर्न माघ १३ र १४ गते, उम्मेदवारले नाम फिर्ता लिन माघ १४ गते २ बजेसम्मको समय तोकेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ १५ गते दिनको ४ बजे हुने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको निर्...

भूकम्प तथा बाढी पीडितलाई थप एकलाख दिने, वृद्धभत्ता अब ६५ वर्षमै

भूकम्प तथा बाढी पीडितलाई थप एकलाख दिने, वृद्धभत्ता अब ६५ वर्षमै
काठमाडौं,१० माघ ।सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय गरेको छ ।सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो ।  बुधवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने विषयमा निर्णय गरेको हो । बैठकले सामाजिक परिचालकहरुले तालिम गरेबापत पाउने भत्तामालाई समेत बढाउने निर्णय गरेको छ । त्यसैगरि यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई सरकारले घट...