चितवन, १४ मंसिर । चितवन क्षेत्र न २ प्रदेश सभा क का उमेद्वार घनश्याम दाहाल ‘अविनाश’ले आज भरतपुर महानगरपालिका वडा न २९ मा घरदैलो कार्यक्रम गरेका छन् ।
घरदैलोका क्रममा आज उनले वडा न. २९ मा गिटी चाल्ने मजदुरहरुसंग भेटघाट गरेका छन् । उनले केहीबेर मजदुरहरुसंग भलाकुसारी पनि गरे । भलाकुसारीको क्रममा अविनासले  माओवादी केन्द्र भनेको भोका नांगा गरिव किसान मजदुर बर्गको पार्टी भएको भन्दै अब बन्ने बाम पन्थीको सरकारले मजदुर बर्गको हकहितका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

उनले मजदुरसंगसंगै काम पनि गरे ।

Image may contain: one or more people, people standing, mountain, outdoor and nature