चितवन, १४ मंसिर । संयुक्त वाम गठवन्धन चितवन क्षेत्र नं. २ का उम्मेदवार कृष्णभक्त पोखरेलले शक्तिखोर र सिद्धिलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताएका छन् ।
निर्वाचनको सन्दर्भमा वुधबार आयोजना गरेको कोण सभामा वोल्दै उहाले पहाडी र तराइ क्षेत्र जोड्ने स्थान रहेकाले यस क्षेत्रमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रसस्त स्थान भएको बताए ।

झरना, ग्रामिण वस्ती, चेपाङ्ग समुदायको सस्कृति, यहाँको भौगोलिक अवस्था, चितवनको पुरानो सदरमुकाम लगायतको स्थान पर्यटकीया क्षेत्रको रुपमा विकास गर्न सकिने ठाउहरु भएको बताए ।
यहीको जस्तै स्थानहरुलाई वाहिरी राष्ट्रले विकास गरेर लाखौ पर्यटक भित्राउने र आर्थिक उपार्जन गरीरहेको सन्दर्भ भएको भन्दै आफूले यस्ता स्थानलाइ प्राथमिकतामा राखेर विकास गर्ने बताए ।

सदरमुकामबाट केही समयको यात्रा पछि पुग्न सकिने यस्ता रमणीय स्थान प्रचार प्रसारको कमी तथा विकासको पूर्वाधारको अभावले पछाडि परेको बताए । त्यस्तै गरी कयर खोलालाई स्थायी प्रकतिको तटवन्धन गरेर खेती योग्य जमिन सुरक्षा गर्ने बताए । हामीले कृषकको आम्दान िगर्ने तर्फ ध्यान दिएका छौ व्यवसायिक कृषि खेती गर्नको लागि योजनावद्ध रुपमा काम अगाडि वढाउने बताए । जनताले दिएको जिम्मेवारी पूरा गरी संविधान जारी गरेर आएका छौ उनले भने अव कार्यान्वयन गरी विकास र सम्वृद्धि तर्फ ध्यान जाने छ ।
कार्यक्रममा क्षेत्र नं. २ को प्रदेश १ का उम्मेदवार धनश्याम दाहाल अभिनाशले कयर खोलाको तटवन्धन आवश्यक रहेको बताए । हामी एक साथ छौ यहाँको जनताको आवश्यकतालाई पूरा गर्नको लागि ।

हामी कुरा होइन कामको पक्षमा छौ दाहालले भने यहाँको सडकलाई कालोपत्रे गर्ने , औद्योगिक क्षेत्र स्थापना गरी वेरोजगार समस्या समाधान गर्ने, सिचाइको लागि प्रवन्ध गर्ने जस्ता काम गर्नको लागि हामी तयार छौ । जनताले विश्वास गरेर हामीलाई मतदान गरे अहिले भनेका कुराहरु हामीले पाँच वर्षमा पूरा गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

आर्थिक सामाजिक क्षेत्रबाट पछाडि परेका समुदायको सुरक्षाको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । गठवन्धनले सिद्धि, शक्तिखोरका विभिन्न गाउमा घरदैलो गरेका थिए । गाउघरमा पुगेको नेताहरुलाई स्थानीयले फुलमालाले स्वागत गरेका थिए ।