गोरखा, २६ पुस ।  गोरखा क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सदस्य हरीराज अधिकारीले सरकारको निर्णयले बूढिगण्डकी जलबिद्युत आयोजना निर्माणमा अन्यौलता देखिएको बताउनु भएको छ । भिमसेन गाउँपालिका वडा नम्बर ७ स्थित श्री सरस्वती माध्यामिक बिद्यालयको ५८ बार्षिक उत्सव कार्यक्रममा बोल्दै सांसद अधिकारीले यस्तो बताउनु भएको हो ।

अघिल्लो सरकारले गरेको निर्णय देउवा सरकारले उल्ट्याएका कारण जनतामा आयोजना बन्छ की बन्दैन भन्नेमा अन्यौला बढेको उहाँको भनाई छ । सांसद अधिकारीले नयाँ सरकार गठन हुने बित्तिकै आयोजना निर्माण तिव्र रुपमा अघि बढ्ने भन्दै मुआब्जा बितरणको कामलाई तत्काल अगाडी बढाउन आफुहरुले पहल गरिरहेको बताउनु भयो । उहाँले मुअब्जा बितरणका क्रममा आउने समस्यालाई हल गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । आयोजना निर्माण पछि ४ नम्बर प्रदेशको आर्थिक मेरुदण्डको मुख्य आधार नै बूढिगण्डकी जलबिद्युत आयोजना हुने भन्दै सांसद अधिकारीले छिटो भन्दा छिटो आयोजना निर्माणका लागि प्रबिद्धत रहेको बताउनु भयो ।

नेकपा माओबादी केन्द्रका सचिवालय सदस्य समेत रहनु भएका सांसद अधिकारीले देशमा अहिले समावेशी लोकतन्त्रको अभ्यास जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो “ हामीले ब्राह्रमण क्षेत्रीको अधिकार खोस्ने भनेका हैनौ, उत्पीडित जाती, क्षेत्र र लिङ्गका मानिसहरुलाई पनि उनिहरुलाई जत्ति नै अधिकार दिनुपर्छ भनेका हौ ।” तर केही मान्छेहरुले हाम्रा बिरुद्ध भ्रम फैलाउने गरेका छन् । ” अर्को फरक प्रसंगमा बोल्दै सांसद अधिकारीले नेपालको शिक्षा नितिलाई परिमार्जन गर्नुपर्ने आबश्यकता रहेको बताउनु भयो । उहाँले अहिलेको शिक्षाले युवाहरुमा रोजगारी प्रदान गर्न नसकेको भन्दै बरोजगारीको अन्त्यका लागि पनि रोजगारमूलक शिक्षा निति लागू गर्नुपर्ने उहाँको भनाई छ ।