गोरखा, २१ पुस । नेकपा माओबादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ “प्रकाश”ले निर्वाचनमा व्यक्तिगत रुपमा आफुले पराजय व्याहोरेको भएपनि देश र जनताले जितेको बताएका छन् । चुनावी समिक्षा एवं मतदातालाई धन्यबाद दिन आज गोरखा आईपुगेका नेता श्रेष्ठले गोरखा नगरपालिका वडा नम्बर ११ र १२ को संयुक्त चुनावी समिक्षा कार्यक्रममा बोल्दै बताएका हुन् ।
उनले गोरखा क्षेत्र नम्बर २ बाट आफुले हारे पनि देशभर बामपन्थी गठबन्धनको जित भएकाले नआत्तिन मतदाताहरुलाई आग्रह गरे । बरिष्ठ नेता प्रकाशले अब केही समय भित्र केन्द्रमा पनि बामपन्थीको सरकार बन्ने र प्रदेशमा पनि बामपन्थीको सरकार बन्ने निश्चित भएकाले निर्वाचनका बेला आफुहरुले गरेको प्रतिबद्धता पुरा गर्ने बताए । उनले भने “ मैले हारे पनि अब बामपन्थीको सरकार बन्छ तपाईहरु नआत्तिनुहोस म गोरखाको बिकासका लागि प्रतिबद्ध छु र तपाईहरु संगै रहनेछु । ” अब बामपन्थी एकतालाई कसैले रोक्न नसक्ने भन्दै बामगठबन्धनका सुत्रधार समेत मानिनु हुने नेता श्रेष्ठले अब छिट्टै माओबादी केन्द्र र एमाले बिचको एकता हुने दावी गरे ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका पोलिटव्युरो सदस्य एवं गोरखा क्षेत्र नम्बर २ अन्र्तगत प्रदेशसभा १ का बामगठबन्धनका उमेद्वार ररहेका नेतृ कमला नहर्की, माओबादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण राना मगर, नेकपा एमालेकी नेतृ सानुमाया बस्नेत, दुवैवडाका स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।