चितवन, १४ मंसिर । लोकतान्त्रिक गठबन्धनका तर्फबाट चितवन क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्यका उम्मेद्वार जीतनारायण श्रेष्ठले अहिले व्याप्त रहेको सुकुम्बासी समस्या समाधानका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
बिहिबार कविलास, रामनगर, ठिमुरा नयाँबस्तीलगायतका क्षेत्रमा घरदैलो तथा चुनावि सभालाई सम्बोधन कांग्रेस चितवनका सभापती समेत रहेको युजा नेता श्रेष्ठले सुकुम्बासी समस्या समाधानका लागि राज्यको ध्यान केन्द्रित गर्दै चाँडो भन्दा चाँडो यसलाई निराकरण गर्ने बताए ।
सुकुम्बासीको नाममा राजनीति गर्ने प्रचलन बन्दै गईरहेको भन्दै आफुले सुकुम्बासी समस्या समाधान गर्ने लक्ष्यका साथ निर्वाचनमा होमिएको श्रेष्ठले बताए । उनले यसका लागि लोकतान्त्रिक गठबन्धको जित आवश्यक रहेको बताए । जनताको सुख, दुःखमा साथ दिने र जनताको मर्म बुझ्नेनेतालाई जनताले चुन्न आवश्यक रहेको बताउँदै श्रेष्ठले जनताले पार्टी भन्दा माथि उठेर एक पटक आफुलाई विश्वास गर्न आग्रह गरे ।उनले भने–‘सबैले चुनावी नारा दिए, अब बिकासको समय आएको छ, यसका लागि काँग्रेसको जित आवश्यक छ ।’
काँग्रेसले देशका हरेक समस्यामा अभिभावकको भूमिका निर्वाह गरेको बताउँदै उहाँले अबको समय संबिधान कार्यान्वयनसंगै बिकास भएकाले अहिले पनि जनताले काँग्रेसलाई माया गर्ने विश्वास व्यक्त गरे ।