वाम गठबन्धनका उम्मेदवार पहाडमा भोट माग्दै
चितवन (काउले) ६ मंसिर । वाम गठबन्धन तथा नेकपा एमाले चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णभक्त पोखरेलले काउले क्षेत्रमा अधुरा रहेका विकासका कामहरु अवको ५ वर्षमा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
वुधबार इच्छाकामना गाउँपालिका वाड नम्बर १ हात्तीवाड, तल्लो काउले, मायाटारलगायतका क्षेत्रमा भएको जनतासँगको भेटघाटका क्रममा उम्मेदवार पोखरेलले गत ४ वर्षको अवधिमा आफूले सकेको काम गरेको र अझै पनि केही काम गर्न बाँकी रहेकाले बाँकी रहेको काम पनि आफ्नै नेतृत्वमा अव पूरा गर्न...