गोरखा,४ मंसिर  ।   नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । गोरखा नगरपालिका -१० छेपेटारमा आयोजित चुनावी सभामा अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

अजिरकोट गाउँ पालिका- ३ काफलडाडा स्थायी घर भएका अधिकारी नयाँ शक्ति पार्टी नेपाल निकटको शिक्षक सङ्गठनका केन्द्रिय नेता समेत हुनुहुन्थ्यो । तत्कालीन नेकपा माओवादी केन्द्र निकटको शिक्षक सङ्गठनको केन्द्रिय उपाध्यक्ष रहनुभएका अधिकारी डाक्टर बाबुराम भट्टराई ले पार्टी फुटाएर नयाँ शक्ति पार्टी नेपाल गठन गरेपछि भट्टराई सङ्गै नयाँ शक्ति प्रवेश गर्नुभएको थियो । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई अस्थिर र उधेश्य बिहिन व्यक्ति भएको अधिकारीले बताउनुभयो । जनयुद्धका समयमा जेलनेल भोगेको स्मरण गर्दै अधिकारीले आफू सधै बामपंथी भएको र भइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । व्यक्तिगत स्वार्थ हेर्ने, राष्ट्रको हित नहेर्ने भट्टराई को आचरण भएको बताउदै श्रेष्ठले गोरखाको विकास भट्टराई गरेको नभई तत्कालीन एकीकृत नेकपा माओवादी ले गरेको प्रष्ट पार्नुभयो । भट्टराई ले कम्युनिष्ट सिद्धान्त मात्र छाड्नु भएन काग्रेस सङ्ग आत्मसमर्पण गर्नु भो त्यसैले नया शक्ति छाडेका हौ अधिकारी ले भन्नुभयो : अब नयाँ शक्ति सकिदै छ ।

पार्टी प्रवेश गर्नु भएका अधिकारीलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले अबिरमाला लगाएर स्वागत गर्नुभएको थियो ।