शीर्ष नेताको रोमाञ्चक भिडन्त: चितवन क्षेत्र नं ३ मा
चितवन, मंसिर १ । चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेका चितवन क्षेत्र नं ३ मा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका दुई शीर्ष नेताको प्रतिस्पार्धाले यहाँका निर्वाचन रोमाञ्चक बन्दै गएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डे बीचको मुख्य प्रतिस्पर्धाका कारण चितवनको निर्वाचन क्षेत्र नं ३ अहिले सबैको ध्यान तानेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि ह...