चितवन, २ मंसिर । नेपाली काग्रेस क्षेत्र नं २ ख का उम्मेदवार प्रकाश अधिकारीकले यसपालिको निर्वाचनमा आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्नूृृभएको छ । यो निर्वाचनमा माओवादीले स्थानिय निकायको निर्वाचनमा लगाएको पैचो समेत तिर्ने भएकाले आफ्नो जित रहेको उहाँको दाबी छ ।
अधिकारीले निर्वाचनको मिति नजिकिए सँगै आफु उत्साहित भएको बताउनु भयो । केहि दिनको घरदैलो कार्यक्रममा जादा आम मतदाता दिएको प्रतिक्रियाबाट आफु उत्साहि भएको बताउदै स–साना कुरा नअल्झिन समेत कार्यकर्ताहरुलाई आग्रह गनुभयो । आफु स्वय १० नम्वर वडाको बासिन्दा भएको भन्दै उम्मेदवार अधिकारीले यस वडामा अझ बढि आफ्ना दायित्व भएको बताउनुभयो ।

मंसिर २१ गतेको निर्वाचनको मिति नजिकिएसँगै राजनितिक दल एंव कार्यकर्ताहरु निर्वाचनमुखी बिभिन्न कार्यक्रमहरु गरिरहेका छन ।
आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेस चितवनका सचिब उत्तम जोशीले यो निर्वाचन देशमा लोकतन्त्रलाई सस्थागत गर्दै सम्बृद्धि तिर जाने कि देशलाई अधोगतीतिर लैजाने भन्ने छिनोफानो गर्ने भएकाले कार्यकर्तालाई बिशेष चनाखो रहन आग्रह गनुभयो ।

कुनै पनि नागरिक आफुले प्राप्त गरेका लोकतान्त्रिक अधिकार गुमाउन चाहदैन भन्दै जोशीले यो कुरा आम मतदातालाई बुझाउन काग्रेस कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । देशलाई अपठ्यारो अवस्थामा समेत काग्रेसले बचाएको स्मरण गर्दै अव देशलाई उन्नतीको मार्गमा लैजाने काम समेत काग्रेसले गर्ने उहांको भनाइ थियो ।

आफ्ना सबै उम्मेदवार सबल र सक्षम भएको बताउदै काम, कर्तब्य, अधिकार र दायित्व बुझेका उम्मेदवारबाट मतदाताको आशा र बिश्वासमा ठेस नलाग्ने बताउदै निर्धक्क भएर काग्रेसको पक्षमा माहोल निमार्ण गर्नका लागि आवहन समेत गनुभयो ।
कार्यक्रममा नेपाली काग्रेसका महासमिति सदस्य राजेश्वर खनालले हिजो पनि कम्न्युष्टहरु सँग काग्रेसले एक्लेै लडेको र आज पनि एक्लैे लड्न सक्षम रहेको बताउनुभयो । कार्यकर्तालाई बिगत चुनाबको स्मरण गराउदै उहाँले मतदातालाई यर्थात कुरा भनिदिन आफ्ना कार्यकर्तालाई आग्रह समेत गनुभयो ।
सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका जिल्ला सदस्य डा.ईश्वरीराज लौडारीले वामगठबन्धन भ्रमको खेती मात्रै भएकाले आत्तिन पर्ने कुनै अवस्था रहेको बताउनु भयो ।

सभालाई नेपाली काग्रेसका बिभिन्न भातृ सस्थाका प्रतिनिधिहरुले समेत सम्बोधन गरेका थिए ।
सो कार्यक्रम नेपाली काग्रेस वडा नं १० का बुथ सभापति धुब्रराज सुवेदीको सभापतित्वमा बडा भेला सम्पन्न भएको हो ।
सो क्रममा नेपाली काग्रेस क्षेत्र नं २ प्रेदेश ख का उम्मेदवार प्रकाश अधिकारी सहित काग्रेसका सयौं नेता तथा कार्यकर्ताहरुले भरतपुर १२ का मतदाताहरुलाई भेटनु भएको थियो । टोलिले बसन्तचोक, सहयोगी टोल, कालिका टोल, दिपेन्द्र टोल, सुनगाभा टोल हाम्रो चोक लगायतका स्थानका मतदाताहरुलाई काग्रेसलाई नै मतदान गर्न आग्रह गरेका थिए ।