चितवन, ६ मंसिर । नेपाली काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर २ ९क० का उम्मेदवार जितनारायण श्रेष्ठले पदमपुर बस्तिको बिकासको जिम्मेवारी काँग्रेसले लिने बताउनु भएको छ । बस्ति स्थानान्तरण देखि अहिले सम्म काँग्रेस पदमपुर बासिको साथमा रहेको भन्दै यस क्षेत्रको बिकासका लागि काँग्रेसले जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको बताउनु भयो ।
पुरानो पदमपुरबाट बस्ति स्थानान्तरणको समयमा काँग्रेसले गरेको योगदानको मुल्याङ्कन गर्ने समय आएको भन्दै उहाँले जनताले अहिले बिकास चाहेको बताउनु भयो । कालिका नगरपालिका वडा नम्बर ४ पदमपुरमा आयोजित प्रचार प्रसार समितिको कार्यलय आज उद्धघाटन गर्दै श्रेष्ठले बिकासका काममा काँग्रेस अग्र रहेको बताउनु भयो । जनताको मर्मलाई ख्याल गर्दै काँग्रेसले काम गर्ने गरेको बताउँदै अहिलेको निर्वाचनमा रुख चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो । आफ्नो जन्म थलो पनि शक्तिखोर रहेको बताउँदै श्रेष्ठले लोकतन्त्रको रक्षा र दिगो बिकासका लागि काँग्रेनै आबश्यक रहेको बताउनु भएको हो ।
अहिलेको समय आस्वासन र भाषणको नरहेको भन्दै उहाँले जनताले पार्टी भन्दा माथि उठेर काँग्रेसलाई जिताउन आबश्यक रहेको बताउनु भयो । हरेक आन्दोलन देखि राष्ट्रलाई निकास दिने काममा काँग्रेस अग्र भूमिकामा रहेको बताउँदै उहाँले पदमपुर क्षेत्रको कृषि प्रबर्धनका लागि आफ्नो जित पछि बिशेष योजना ल्याउने बताउनु भयो । नेपाली काँग्रेस वडा सभापति खुसीराम चौधरीको अध्यक्षतामा सम्पन सो कार्यक्रममा नेपाली काँग्रेस चितवनकी प्रबक्ता निता ढकाल लगाएतको उपस्थिति रहेको थियो ।