गोरखा, ०६ मंसिर । शिरानचोक गाउँ पालिका -३ डाडाकटेरीका स्थानीयले हर्मी-जमुने- डाडाकटेरी सडक निर्माण गर्न माग गरेका छन ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) को घरदैलो को क्रममा स्थानीयले सडक नहुदा बर्षौ देखि समस्या भोगिरहेको गुनासो गरेका छन ।
गोरखाको बृहत विकास भयो र गर्यो भनेर धेरैले हल्ला गर्छन् तर हाम्रो समस्या आजसम्म कसैले सुनेनन शिरानचोक -३ डाडाकटेरीका मानबहादुर गुरुङ ले भन्नुभयो : सडक/बाटो र खानेपानीको ठुलो समस्या छ । नेताहरू चुनावको बेला भोट माग्न आउने तर चुनावपछी गाउँ नफर्कने स्थानीयले गुनासो गरेका छन ।
बाबुराम भट्टराईले आफ्नो क्षेत्रको मात्र विकास गरेको स्थानीयले आरोप लगाएका छन । हामीलाई बर्षौ देखि सडक/बाटो र खानेपानीको समस्या छ तर आजसम्म यहाँ भट्टराई आएनन् स्थानीयले भने : भट्टराई ले कहाँ विकास गरे हामिलाइ थाहा छैन ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले हर्मी-जमुने- डाडाकटेरी सडक निर्माण गर्न तत्काल कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
म बोलेको कुरा पूरा गर्छु श्रेष्ठले भन्नुभयो : गर्न नसक्ने कुरा बोल्दिन ।
अरु नेता जस्तो झुटो आश्वासन बाड्ने आफ्नो बानी नभएको भन्दै श्रेष्ठले जनताको माग पुरा गर्ने बताउनुभयो ।