राजेन्द्र आचार्य
चितवन, ०४ मंसिर । चितवनमा विष्फोटजनक पदार्थ सहित विप्लव माओवादी निकट दुई विद्यार्थी नेता पक्राउ परेका छन् । भने अन्य दुई जिल्ला नेताहरु माडीबाट पक्राउ परेका छन् ।
निर्वाचन गतिविधि नियन्त्रण गर्ने चितवन प्रहरी विशेष अभियान अन्र्तगत दुई विद्यार्थी नेताको आफ्नै कोठाबाट ५ केजी जिलेटिन र विष्फोटक पदार्थ बनाउन लाग्ने तार वरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता प्रभु प्रसाद ढकालले सौराहा अनालाईनलाई जानकारी दिए ।
पक्राउ पर्नेहरूमा विद्यार्थी नेता दिवस भुषाल र अरुण गिरी रहेका छन् । शंकास्पद अवस्थामा रहेका उनीहरुलाई प्रवक्ता प्रभु प्रसाद ढकालको नेतृत्वमा रहेको प्रहरीले चेकजाँच गर्ने क्रममा भरतपुर–७ पिपलचोकबाट ५ केजी जिलेटिन र विष्फोटक पदार्थ बनाउन लाग्ने तार वरामद गरेको हो ।
भने माडीमा चन्दा असुलीरसीद र निर्वाचन गतिविधि गरेका विप्लव माओवादीका जिल्ला सदस्य टिका नेपाली र क्षेत्रिय सदस्य रमेश श्रेष्ठलाई पनि माडीबाट पक्राउ गरेको उनले बताए ।
पक्राउ परेकालाई अहिले थुनामा राखि थप अनुसन्धान भईरहेको उनले बताए ।
त्यसको अलावा प्रहरीले चुनाव नजिकै जाँदा निर्वाचन गतिविधि बिपरित कार्य गर्ने विप्लव माओवादीका ३ जना कार्यकर्तालाई यस अघि नै पक्राउ गरिसकेको छ ।
प्रहरीले हिजो मात्रै जिल्ला इन्चार्ज लालबहादुर बिसी, पुर्वी चितवनको पिठुवाका लक्ष्मी न्यौपाने लगायत नाम नखुलेका एक जना रहेका छन् ।