देश / समाज

नेकपा एमाले इच्छाकामना गाउँ कमिटिको पदभार ग्रहण तथा पहिलो बैठक सम्पन्न

नेकपा एमाले इच्छाकामना गाउँ कमिटिको पदभार ग्रहण तथा पहिलो बैठक सम्पन्न
इच्छाकामना  : नेकपा एमाले इच्छाकामना गाउँ कमिटिको पदभार  ग्रहण तथा पहिलो बैठक सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञवालीको  प्रमुख आतिथ्यतामा पदभार ग्रहण कार्यक्र सम्पन्न भएको हो । पदभारग्रहण कार्यक्रममा वन तथा वातावरणमन्त्री कृष्ण सिलवाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी,संविधानसभा सदस्य तथा केन्द्रिय सदस्य कृष्णभक्त पोखरेल,गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, पार्टीका प्रदेश सदस्य प्रकाश खनाल लगायतको आतिथ्य...

एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको दोश्रो गाउँ परिषद सम्पन्न,अध्यक्षमा पुन : हिमलाल अधिकारी

एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको दोश्रो गाउँ परिषद सम्पन्न,अध्यक्षमा पुन : हिमलाल अधिकारी
इच्छाकामना  : एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामना गाउँ समितिको पुर्नगठन  गरिएको छ ।इच्छाकामना मन्दिर प्राङ्गणमा सम्पन्न गाउँपालिकाको दोश्रो गाउँपरिषदबाट हिमलाल अधिकारीको अध्यक्षतामा १५ सदस्यीय गाउँ कार्य समिति पुर्नगठन गरिएको हो । गाउँपरिषदले वरिष्ठ उपाध्यक्षमा नारायण पौडेल, महिला उपाध्यक्षमा भगवती अर्याल, सचिवमा मदन कुमार चेपाङ र सह–सचिव अर्थमा  सोविता थापा मगरलाई चयन गरिएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामना अध्यक्ष हिमलाल अधिकारीको अध्यक्षता तथा नेकपा मा...

चितवन महोत्सवमा भोलि अन्तर मावि स्तरीय नृत्य प्रतियोगिता, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन महोत्सवमा भोलि अन्तर मावि स्तरीय नृत्य प्रतियोगिता, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम
चितवन :  नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।  महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको एघारौं दिन भोलि माघ ६ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । महोत्सव सांस्कृतिक समिति संयोजक नारायण प्रधानका अनुसार आजबाट सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोग...

चितवन महोत्सवमा भोलि,शान्तिश्री परियार , हात्ती र भटभटे आउँदै

चितवन महोत्सवमा भोलि,शान्तिश्री परियार , हात्ती र भटभटे आउँदै
चितवन,२८ पुष  :  नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय रुपमा चलिरहेको छ । महोत्सवको पाचौं दिन भोलि पुष २९ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो २ः४५ बजेपछि अंशु महर्जन (हात्ती) र बेगम नेपाली (भटभटे) को प्रस्तुती रहने छ । त्यसैगरी ३ बजेपछि शान्तिश्री परियारको प्रस्तुती रहने छ । दिउँसो ११ः३० बजेपछि द ऐराजको लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको प्रस्...

इच्छाकामना गाउँपालिकाको १६ औँ गाउँ सभा सम्पन्न

इच्छाकामना गाउँपालिकाको १६ औँ गाउँ सभा सम्पन्न
इच्छाकामना :  चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको १६ औँ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा आइतबार गाउँसभा सम्पन्न भएको हो । गाउँसभाले १६ वटा योजना तथा वजेट संशोधन गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार एक करोड ४ लाख ९२  हजार ४९२ रुपैयाँ को वजेट संशोधन गरिएको हो । चालु तर्फबाट कटौती गरि  ५६ लाख  रुपैयाँ  पुँजीगतगतमा थप गरिएको छ । बजेट संशोधन सगैँ इच्छाकामना गाउँपालिकाको यस आर्थिक बर्षको...

गण्डकी गाउँपालिकाको प्रशासनिक केन्द्र बनटारमै कायम रहने

गण्डकी गाउँपालिकाको प्रशासनिक केन्द्र बनटारमै कायम रहने
गण्डकी :  गोरखाको गण्डकी गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नम्बर ६ बनटारमै कायम हुने भएको छ ।  गण्डकी गाउँपालिकाको १७ औँ गाउँ सभाले बनटारमै रहने टुङ्गो लगाएको हो । गाउँ सभामा गाउँपालिकाको प्रशासनिक केन्द्रको विषयमा मतदान भएको थियो । उक्त मतदानमा प्रशासनिक केन्द्र गण्डकी गाउँपालिका वडा नं ६ को बनटारमा कायम गर्ने भनि पक्षमा हाल कायम सभा सदस्य संख्या मध्ये दुई तिहाइ मत २८ मत र विषक्षमा शुन्य मत परेको वडालनम्बर ५ का वडाध्यक्ष पहलमान बयलकोटीले  जानकारी दिनभयो । लामो समयदेखी प्रश...

नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा रामहरि कडेँल

नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा रामहरि कडेँल
इच्छाकामना :  नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको अध्यक्षमा रामहरि कडेँल निर्वाचित हुनुभएको छ ।आज वडा नम्बर ७ सिमलढापमा सम्पन्न दोश्रो सम्मेलनबाट सर्वसम्मत निर्वाचित हुनु भएको हो । यसैबिच उपाध्यक्षमा कुमार मगर,राम प्रसाद बोहोरा,तुल बहादुर गुरुङ, सचिवमा पवन गुरुङ, सह–सचिवमा  सुशीला चालिसे र कोषाध्यक्षमा  ईन्द्र माया मगर चयन  हुनुभएको छ । हरि बहादुर थापाको  अध्यक्षतामा सम्पन्न बन्द सत्रबाट ३५  सदस्यीय  गाउँ कमिटी सर्वसम्मत चयन गरिएको हो ।  नेकपा माओवादी केन्द्रका केन्...

माओवादी केन्द्र इच्छाकामनाको दोश्रो सम्मेलन आजदेखि सुरु हुदैँ

माओवादी केन्द्र इच्छाकामनाको दोश्रो सम्मेलन आजदेखि सुरु हुदैँ
इच्छाकामना :  नेकपा माओवादी केन्द्र इच्छाकामनाको दोश्रो सम्मेलन आजदेखि सुरु हुदैँ छ । वडा नम्बर ७ सीमलढापमा सम्मेलन हुने भएको हो । सम्मेलनमा सात वटै वडाबाट गरि १४४ जना प्रतिनिधि सहभागी हुने नेकपा माओवादी केन्द्रका संयोजक सावित्री सिलवालले बताउनुभयो । सम्मेलनको समुद्घाटन केन्द्रिय सदस्य इश्वरी भट्टराईले गर्ने कार्यक्रम रहेको संयोजक सिलवालले बताउनुभयो ।  

मुग्लिन-मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने

मुग्लिन-मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने
चितवन,  २५  पुस  । मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतीका काम गरिएका थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का ई बिजय दराइका अनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो । सो समयमा दिउँसो ११ बजेदेखि २ बजेसम्म सवारी रोकेर सडकको बिशालटार, खटौटी लगायतका क्षेत्रमा भित्तो काट्ने काम गरिएको थियो । उहाँले भन्नुभय...

१५ दिने चितवन महोत्सव सुरु, उद्योग मन्त्री दामोदर भण्डारीले गरे उद्घाटन

१५ दिने चितवन महोत्सव सुरु, उद्योग मन्त्री दामोदर भण्डारीले गरे उद्घाटन
चितवन,  २५ पुष   ।  १५ औं संस्सरणको चितवन महोत्सव २०८१ आजबाट सुरु भएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा १५ दिनसम्म चल्ने गरी महोत्सव सुरु भएको हो । महोत्सवको आज संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । राबोटिक प्रणालीबाट महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले महोत्सवको सफलताको कामना गरे । महोत्सवले आर्थिक चलायमान गराउन सहयोग पु¥याउने बताउँदै मन्त्री भण्डारीले स्थानीय तथा स्वदेशी उत्पादनको प...