
इच्छाकामना : चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको १६ औँ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा आइतबार गाउँसभा सम्पन्न भएको हो ।
गाउँसभाले १६ वटा योजना तथा वजेट संशोधन गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार एक करोड ४ लाख ९२ हजार ४९२ रुपैयाँ को वजेट संशोधन गरिएको हो । चालु तर्फबाट कटौती गरि ५६ लाख रुपैयाँ पुँजीगतगतमा थप गरिएको छ । बजेट संशोधन सगैँ इच्छाकामना गाउँपालिकाको यस आर्थिक बर्षको बजेट ७८ करोड ४८ लाख ८ हजार ५०० पुगेको छ । यस अघि गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि ७७ करोड ९८ लाख ८ हजार ५०० को बजेट ल्याएका थिए । गाउँसभाले संघीय सरकारको विपद् व्यवस्थापन कोषबाट बाट प्राप्त रु ५० लाख रुपैयाँ स्वीकृत भएको छ ।
यस आर्थिक बर्षको मङ्सिर मसान्त सम्म २४. ३४ प्रतिशत वित्तिय प्रगति भएको छ । चालु खर्च तर्फ ३०.९३ प्रतिशत र पुँजीगत तर्फ १५.३९ प्रतिशत प्रगति भएको हो । ठूला आयोजनाहरुको काम सम्पन्न हुन बाँकी रहेकाले वित्तिय प्रगतिको अवस्था कम देखिन गएको प्रमुख प्रशासकिय अधिृकत बस्नेतको भनाई छ ।
उपाध्यक्ष माया सिलवालले गाउँपालिकाको वित्तिय प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा एकदेखि ७ वडासम्मका वडाध्यक्ष, वडासदस्य लगायतको उपस्थित रहेको थियो ।