
गण्डकी : गोरखाको गण्डकी गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नम्बर ६ बनटारमै कायम हुने भएको छ । गण्डकी गाउँपालिकाको १७ औँ गाउँ सभाले बनटारमै रहने टुङ्गो लगाएको हो ।
गाउँ सभामा गाउँपालिकाको प्रशासनिक केन्द्रको विषयमा मतदान भएको थियो । उक्त मतदानमा प्रशासनिक केन्द्र गण्डकी गाउँपालिका वडा नं ६ को बनटारमा कायम गर्ने भनि पक्षमा हाल कायम सभा सदस्य संख्या मध्ये दुई तिहाइ मत २८ मत र विषक्षमा शुन्य मत परेको वडालनम्बर ५ का वडाध्यक्ष पहलमान बयलकोटीले जानकारी दिनभयो । लामो समयदेखी प्रशासनिक केन्द्रको स्थानका बारेमा विवाद सिर्जना भएपछि प्रशासनिक भवनसमेत बन्न सकेको थिएन ।
यस्तै सभाले गण्डकी गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई ६ महिना सम्म संघिय र पालिकाको थप गरि मासिक रु.४००० उपलब्ध गराउने भएको छ। यस भन्दा अगाडी संघिय सरकार र पालिकाले एकमुष्ठ रु.८,००० उपलब्ध गराउँदै आएको थियो।