
चितवन : नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको एघारौं दिन भोलि माघ ६ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
महोत्सव सांस्कृतिक समिति संयोजक नारायण प्रधानका अनुसार आजबाट सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता भालि पनि जारी रहने छ । दोहोरी प्रतियोगिताको फाइनल माघ ८ गते हुने छ ।
त्यसैगरी भोलि कलाकार रिता थापा मगर र जादुगर बलराम सरकारको विशेष प्रस्तुती रहने छ । त्यसैगरी भोलि नै अन्तर माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुँदैछ ।त्यसैगरी नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल दराइ उत्थान चितवन, प्रतिभा मञ्च विजेता कावासोती, भुजेल सेवा समिति चितवन र केडि डान्स सेन्टर नारायणगढको प्रस्तुती रहने छ ।
पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।